गगन थापाले भने– संसदमा त राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा रहेछ ! | Khabarhub Khabarhub

गगन थापाले भने– संसदमा त राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा रहेछ !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै कटाक्ष गरेका छन् ।

सांसद थापाले आफू नेपाल सरकारको(जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएपनि संसदमा नेपाल सरकारको नभई राष्ट्रपतिको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सांसद थापाले लेखेका छन्,‘म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएका छन् ।

प्रवक्त शर्माले कुनै बेला श्री ५ को सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ रु भनि प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’ उनले अगाडि भनेका छन्,‘दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन ।’

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन