भद्रपुर– बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल – भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती । नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिफ फुसले बारेका झुप्रा । आजको अन्नपूर्णमा समाचार छ ।
दुई बस्तीका मानिसको भौगोलिक सिमाना नागरिकता फरक । तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थिति पाठामारी वारि पारिका बासिन्दाको आत्मीयतालई भौगोलिक सिमानाले छेकेको छैन । साह्रो गाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरु अघि सर्छन् ।
पारिपट्टि एक महिलाले मुठीभरी जिरा पैचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो, स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ ।’ उनका अनुसार दुई छिमेकीबची भारतीय र नेपाली भन्ने छैन । परेका सबैले सरसहयोग गर्छन् ।
भारततिर आधारभूत सुविधा शून्य छ । नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ । ‘ मेरा चार पुस्ताले यही ठाउँमा जीवन बिताए’, श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन् ।
भारततर्फ बिजुली छैन । अहिलेसम्म मट्टीतेलबाट नै बत्ती बाल्छन् । शौचालय छैन । मेची खोलामा शौच गर्छन् । ‘मठमन्दिर एउटा पनि बनाएका छैनन् । उनीहरु सबै नेपालतिरैका मठमन्दिरमा पूजाआज गर्न आउँछन्,’ हकले भने ।
नेपालतिर राजवंशी, गनगाइ, मुसलमान, मुसहर, साह, दलित र केही पहाडे समुदायका गरेर करिब चार सय घर छन् भने भारतरित साह, यादव, पश्चिमा र मुसलमान गरेर दुई सय घर छन् ।
प्रतिक्रिया