पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै « Khabarhub

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनाङ एकाइ संरक्षण कार्यालयले समुद्री सतहदेखि चार हजार ६५१ मिटर उचाइमा अवस्थित पोङ्कर तालसम्मको सर्वेक्षणपछि पदमार्ग निर्माण गर्ने भएको हो ।

अन्नपूर्ण तेस्रोको काखमा अवस्थित यस ताललाई नयाँ पदमार्गमार्फत मनाङ उपत्यकासँग जोड्ने उद्देश्यले सर्वेक्षण गरी पदमार्ग निर्माण गर्ने योजना निर्धारण गरिएको हो । 

यस सर्वेक्षणको मुख्य लक्ष्य तालसम्म पुग्ने सम्भावित नयाँ पदमार्गको पहिचान तथा अध्ययन गर्नु रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना पोखराका प्रमुख रवीन कडरियाले जानकारी दिए । 

उनले पोङ्कर ताललाई प्राकृतिक तथा पर्यटकको आकर्षणका रूपमा स्थापित गर्ने उद्देश्यले सर्वेक्षण गरिएको र पदमार्ग निर्माणपश्चात् यस तालको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । 

अन्नपूर्ण तृतीयको हिम नदीले बनेको पोङ्कर ताल मनाङको सबैभन्दा कम अन्वेषण गरिएको प्राकृतिकस्थलमध्ये एक मानिन्छ । 

स्थानीयले प्रयोग गर्ने पदमार्ग पहिरोले पूर्ण रूपमा क्षति भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, एकाइ संरक्षण कार्यालय मनाङको टोलीले सुरक्षित र दिगो मार्ग पहिचान गर्न सर्वेक्षण गरी योजना अगाडि बढाएको छ । 

स्थानीय यार्सागुम्बा र वन लसुन सङ्कलनका लागि यस क्षेत्रको भ्रमण गर्ने गर्छन् । यस्ता अन्वेषणात्मक सर्वेक्षणले स्थानीय समुदाय र आगन्तुक माझ संरक्षण जागरूकता बढाउँदै दिगो परिस्थिति पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको कडरियाले बताए । 

आकारमा सानो भए पनि पोङ्कर ताल वरिपरिका हिमाली दृश्य अत्यन्त मनमोहक छन् । अन्वेषणात्मक गतिविधिले दिगो पर्यापर्यटनलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय समुदाय र पर्यटनमा संरक्षणबारे सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । 

नयाँ पदमार्ग विकास भएसँगै यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

यहाँका प्राकृतिक सौन्दर्यतालाई प्रवर्द्धन गरी स्वदेश तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताइन्छ ।  रासस

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ३५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक