नेकपाको सचिवालय बैठक अनिश्चित « Khabarhub

नेकपाको सचिवालय बैठक अनिश्चित


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ । पार्टी एकताका बाँकी काम टुंगो लगाउनका लागि भन्दै आज(सोमबार) बस्ने भनिएको बैठक अनिश्चि बनेको हो ।

यसअघि शनिवारका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । तर आज पनि बैठक बस्ने-नबस्ने टुंगो नभएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपाको पोलिटव्यूरो गठन, केन्द्रीय विभागको गठन, केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लाग्न सकेको छैन । त्यस्तै संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार–प्रसार विभाग र आर्थिक विभागको नेतृत्व कसलाई दिने भन्नेमा पनि शीर्ष तहमा सहमति जुटिसकेको छैन । यसअघि हिजो(सोमबार) दुई पार्टी अध्यक्ष केपी ओली र प्रचण्डबीच छलफल भएको थियो ।

छलफलमा ओलीले आफ्नो भारत भ्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे बताएका थिए भने प्रचण्डले सहमति कार्यान्वयन बारे आफ्नो धारणालाई सञ्चारमाध्यममा गलत रुपमा व्याख्या गरिएको बताएको प्रचण्ड निकट स्रोतले बताए ।

प्रचण्डले एक अन्तर्वार्ताका क्रममा सरकारको नेतृत्व आलोपालो गर्ने यसअघिको सहमति कार्यान्वयन हुनुपर्ने बताएपछि नेकपामा तरंग आएको थियो । यसलाई प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले एक वर्ष अघि भएको सहमति भनेका थिए ।

लामो समय एकता प्रकृया नसकिएको र पछिल्ला केही दिन यता सत्ता आलोपालो प्रकरणले गर्दा कार्यकर्तामा निराशा बढ्दै गएका कारण एकता प्रकृया तत्काल सक्न शीर्ष नेताहरुलाई दबाव बढेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : ४८ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका