नेकपाको सचिवालय बैठक अनिश्चित « Khabarhub

नेकपाको सचिवालय बैठक अनिश्चित


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ । पार्टी एकताका बाँकी काम टुंगो लगाउनका लागि भन्दै आज(सोमबार) बस्ने भनिएको बैठक अनिश्चि बनेको हो ।

यसअघि शनिवारका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । तर आज पनि बैठक बस्ने-नबस्ने टुंगो नभएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपाको पोलिटव्यूरो गठन, केन्द्रीय विभागको गठन, केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लाग्न सकेको छैन । त्यस्तै संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार–प्रसार विभाग र आर्थिक विभागको नेतृत्व कसलाई दिने भन्नेमा पनि शीर्ष तहमा सहमति जुटिसकेको छैन । यसअघि हिजो(सोमबार) दुई पार्टी अध्यक्ष केपी ओली र प्रचण्डबीच छलफल भएको थियो ।

छलफलमा ओलीले आफ्नो भारत भ्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे बताएका थिए भने प्रचण्डले सहमति कार्यान्वयन बारे आफ्नो धारणालाई सञ्चारमाध्यममा गलत रुपमा व्याख्या गरिएको बताएको प्रचण्ड निकट स्रोतले बताए ।

प्रचण्डले एक अन्तर्वार्ताका क्रममा सरकारको नेतृत्व आलोपालो गर्ने यसअघिको सहमति कार्यान्वयन हुनुपर्ने बताएपछि नेकपामा तरंग आएको थियो । यसलाई प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले एक वर्ष अघि भएको सहमति भनेका थिए ।

लामो समय एकता प्रकृया नसकिएको र पछिल्ला केही दिन यता सत्ता आलोपालो प्रकरणले गर्दा कार्यकर्तामा निराशा बढ्दै गएका कारण एकता प्रकृया तत्काल सक्न शीर्ष नेताहरुलाई दबाव बढेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : ४८ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति