कीर्तिमानी योगफल बनाउँदै विश्वकपमा बंगलादेशको शुखद शुरुवात « Khabarhub

कीर्तिमानी योगफल बनाउँदै विश्वकपमा बंगलादेशको शुखद शुरुवात


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्ग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले आफ्नो कीर्तिमानी योगफल बनाएको छ । दि ओभलमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३३० रन बनाएर जित हात पारेको बंगलादेशका लागि यो एकदिवसीय खेलहरुमध्येको सबैभन्दा ठूलो योगफल हो ।

दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि बंगलादेशले ब्याटिङका लागि निम्तो पाएको थियो । जसमा बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रन बनायो । ३३१ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका, बंगलादेशका बलर हावी हुँदा निर्धारित ५० ओभरमा ३ सय ९ रन समेटियो ।

अफ्रिकाविरुद्ध २१ रनको जित निकालेको बंगलादेशका लागि यो योगफल अहिलेसम्मकै एकदिवसीय खेलहरुमध्येको सबैभन्दा ठूलो योगफल भएको आईसीसीले उल्लेख गरेको छ । यसअघि बंगलादेशले बनाएको सबैभन्दा धेरै रन २२६ थियो । जुन कीर्तिमानी अंक शेर इ बंगाल राष्ट्रिय स्टेडिममा बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले ७८ रन बनाए भने शकिव अल हसनले ७५ रन जोडे । रहिम र हसनले १ सय ४२ रनको साझेदारी पारी खेल्दा बंगलादेशले विश्वकपको पहिलो खेलमै कीर्तिमान रचेको हो । बंगलादेशको जितमा बलिङतर्फ मुस्तफिजुर रहेमानले ३ विकेट लिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ५८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु