संसदमा राजपाको प्रश्न– यो राज्य कसले चलाएको छ ? « Khabarhub

संसदमा राजपाको प्रश्न– यो राज्य कसले चलाएको छ ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठक शुरुहुनासाथ राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए ।

राजपाका सांसद् राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न /गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद यादवले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आव्हान गरिएको भन्दै सरकार कसले चलाएको छ भनि प्रश्न गरे ।
यादवले भने “यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरु संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेको छ । ”

उनले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गरे । संविधान विपरित विज्ञापन आव्हान गर्नुले सरकारको कुनियत देखिएको भन्दै उनले भने “जब यो संविधान सरकारले मान्दैन । जब यो संविधान अनुसार यो सदन परिचालन हुदैन । जब यो संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन । व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाईन्छ समस्याहरु उब्जिन्छ । ”

सांसद यादवले राष्ट्रलाई दीर्घकालिन रुपमा नोक्सान पुर्याउने काम बन्द गर्न सरकारलाई सचेत गराए । उनले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १२ : २६ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी