भन्सार शुल्क वृद्धिसँगै सुनको मूल्य आकासियो « Khabarhub

भन्सार शुल्क वृद्धिसँगै सुनको मूल्य आकासियो


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बजेटमार्फत सुन आयातमा भन्सार वृद्धि गरेपछि नेपाली बजारमा सुनको भाउ महंगिएको छ । सरकारले आव २०७६/७७ को बजेटमा प्रति १० ग्राम ८ सय ५० रुपैयाँले सुनमा भन्सार वृद्धि गरेको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।

गत बुधबार सरकारले बजेट वक्तव्य जारी गरेको थियो । उक्त दिन सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसको भोलिपल्टसम्म सुनको भाउ स्थिर रहेपनि बजारमा काँचो सुनको भने अभाव रह्यो । शुक्रबार सुनको भाउ एकैपटक १५ सय रुपैयाँले बढेर ६१ हजार पुग्यो । दुईदिन भित्र यति ठूलो मूल्य अन्तरमा यस वर्ष सुनको कारोबार भएको थिएन ।

यस्तै, सुनको मुल्य थप ५ सयले बढेर वर्षकै कीर्तिमान कायम गर्दै आईतबार प्रतितोला ६१ हजार ५ सयमा कारोबार भयो । सोमबार भने सुनको भाउ स्थिर रहँदै ६१ हजार ५ सयमै कारोबार भइरहेको छ । एक्कासी सुनको भाउ बढ्नुको अर्को कारण अन्तर्राष्ट्रिय बजारको मूल्यमा भएको बद्धि पनि हो । एकसाता अघि मात्र अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स (२८.३४ ग्राम) २० अमेरिकी डलरले बद्धि भएको थियो । सुनको अन्तर्राष्ट्रिय मूल्यमा आएको वृद्धिका कारण पनि एक साताभित्र प्रतितोला ८ सय रुपैयाँ बढ्न गएको देखिन्छ ।

सुनचाँदी व्यवसायी महासंघका अध्ययक्ष मोहनकुमार सुनारले भन्सार शुल्क वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्न जाँदा नेपालमा मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए । तर यसरी ह्वात्तै भाउ बढ्दा त्यसअसर बजारमा परेको उनले बताए । अध्यक्ष सुनारकाअनुसार बजारमा सुनको भाउ बढेसँगै ग्राहकको चाप पनि घटेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा भाउ पनि बढ्नु, सरकारले भन्सार शुल्क पनि बढाउनु । जसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ महँगिएको छ ।’ उनले भने, ‘यसको असर बजारमा पर्न जाँदा अहिले सुन पसलमा ग्राहकको चाप ह्वात्तै घटेको छ ।’

उपभोक्ताहरु सुनको मूल्य घट्ने पर्खाइमा रहेकाले पनि पसलमा सुन किन्नेको चाप घटेको व्यापारीहरुको भनाइ छ । भाउ महँगिए पनि विवाहका लागि सुन किन्नेहरु फाट्टफुट्ट आउने गरेको सुन व्यवसायीले बताए ।

यस पटकको आर्थिक विधेयकमार्फत सरकारले बैंकले आयात गर्ने सुनमा मात्र नभएर विदेशमा बस्ने नेपालीले भित्र्याउने सुनको भन्सार शुल्कसमेत बढाएको छ । जेठ र असारमा वैवाहिक लगन अधिक भएकाले यसको प्रत्यक्ष असर विवाह गर्नेहरुलाई पर्न जाने देखिन्छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : ३८ बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क