चौकी आक्रमण प्रयासबारे गाउँपालिका अध्यक्षले भने– १५/१६ जना नयाँ अनुहार गाउँमा देखिएका थिए « Khabarhub

चौकी आक्रमण प्रयासबारे गाउँपालिका अध्यक्षले भने– १५/१६ जना नयाँ अनुहार गाउँमा देखिएका थिए


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा प्रहरी चौकी कव्जा गर्ने प्रयास गरेको छ ।

प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेपनि दिँउसै सूचना पाएको प्रहरीले चौकी छोडेको भागेको स्रोतले खबरहबलाई जानकारी दियो । ‘चौकी आक्रमण गर्नका लागि त्यही गाउँपालिकाको अर्को वडामा केही दिन यता नयाँ अनुहार भएका मानिसहरुको आवतजावत बढेको सूचना आएको थियो’ स्रोतले खबरहबसँग भन्यो,‘त्यसपछि प्रहरीले सक्रियता बढाएको थियो । आइतबार राति चौकी आक्रमण हुनसक्ने सूचना पाएपछि प्रहरी चौकी छोडेर हिँडेको थियो ।’

महाकुलुङ गाउँपालिकाका प्रमुख सागर किराती

तर महाकुलुङ गाउँपालिकाका प्रमुख सागर किरातीले भने तीन नम्बर वडामा रहेको छेस्काम चौकी आक्रमण गर्न खोजेको समाचार आफूले पनि सञ्चारमाध्यममा आएपछि मात्र जानकारी पाएको दाबी गरे ।

‘मैले पनि तपाईंहरुले फोन गरेपछि थाहा पाएको हुँ’ किरातीले खबरहबसँग भने,‘आक्रमण नै भएको वा हुन लागेको भए त यहाँ थाहा हुनपर्ने हो’ किरातीले खबरहबसँग भने ।

तर अध्यक्ष किरातीले केही दिन अघि महाकुलुङकै वडा नम्बर पाँचको नुर्कुम भन्ने स्थानमा केही नयाँ अनुहार गरेका मानिसहरुको आवतजावत भएको बताए ।

‘वडा नम्बर पाँचको नुर्कुममा केही दिन अघि १५/१६ जना नयाँ अनुहारका मानिसहरुको आवत जावत भएको सूचनाहरु आएका थिए । उनीहरु विप्लवका हुन् कि होइनन् थाहा भएन,’ किरातीले भने,‘स्थानीयले सोध्दा नाम्चे गएर आएको भन्ने जवाफ दिएको मलाई खबर भएको थियो ।’

किरातीले नयाँ मानिसहरुको चहलपहल बढेपछि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै सुरक्षा सक्रियता बढाइएको बताए ।

तर सोलुखम्बु प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मा पौडेललाई सम्पर्क गर्दा भने उनले यसबारेमा प्रतिक्रिया दिन चाहेनन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने आफूलाई यस विषयमा थाहा नभएको र अब बुझ्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  २ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्