वर्षा ‘ट्रोल’ भएपछि श्रीमान् सञ्जोगले भने – म तिमीलाई संरक्षण गर्नेछु « Khabarhub

वर्षा ‘ट्रोल’ भएपछि श्रीमान् सञ्जोगले भने – म तिमीलाई संरक्षण गर्नेछु


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ‘जात्रै जात्रा’ को प्रचारका क्रममा अस्ट्रेलिया पुगेकी नायिका वर्षा राउतले लगाएको पोशाकका कारण उनी ट्रोलको शिकार हुनुपर्‍यो । सामाजिक सञ्जालमा वर्षाका अनेक किस्सा जोड्दै उनलाई उडाइयो । अस्ट्रेलियामा पुगेर दर्शकसँग खिचेका केही तस्वीरमा उनी केही खुलेकी थिइन् । तर, ती तस्वीरलाई लिएर ट्रोलरले विभिन्न ट्रोल बनाइदिए ।

यसले वर्षालाई पक्कै चोट पुर्‍याएको हुनुपर्छ तर उनी यसबारेमा बोलेकी छैनिन् ।

हालै वर्षाका पति सञ्जोग कोइरालाले भने वर्षालाई हौसला दिने गरी अभिव्यक्ति दिएका छन् । उनले जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने बताएका छन् ।

‘जस्तोसुकै कठिन परिस्थितिमा पनि म तिमीलाई माया, आदर र संरक्षण गर्छु, म तिमीलाई सधै खुशी राख्नेछु र दुवै मिलेर खुशी साट्नेछौँ,’ अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाले भनेका छन्, ‘तिमी बोल्नुभन्दा पनि काम गरेर देखाउँछौँ, तिमी यहाँ पूर्ण हुन हैन, वास्तविक बन्न आएकी हौ ।’

साथै उनले वर्षासँगका दुई तस्वीर पनि शेयर गरेका छन् । यो जोडी केही समयअघि हनिमूनका लागि युरोप पुगेका थिए । वर्षा अभिनित फिल्म ‘जात्रै जात्रा’ तेस्रो हप्तामा सफलताका साथ चलिरहेको छ । यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । वर्षा यही फिल्मको प्रचारका लागि निर्माण टिमसँग अस्ट्रेलिया पुगेकी थिइन् । अस्ट्रेलियामा हुँदा वर्षाले लगाएको पोशाकका कारण चर्चासँगै ट्रोलको शिकार बन्न पुगेकी हुन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ३ : ४२ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको