सांसद र लोकसेवा आयोगका अध्यक्षबीच आरोपप्रत्यारोप « Khabarhub

सांसद र लोकसेवा आयोगका अध्यक्षबीच आरोपप्रत्यारोप


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको विषयलाई लिएर संसदीय समितिका सांसद र आयोगका पदाधिकारीबीच आरोपप्रत्यारोप चलेको छ ।

संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समिति सदस्यहरु र आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीबीच आरोप प्रत्यारोप चलेको हो ।

समिति सदस्यहरु अमरेश कुमार सिंह, बृजेश कुमार गुप्ता, रामसहायक प्रसाद यादवले अधिकार केन्द्रीय शासन सत्ताबाट बाहिर नजाओस् भन्ने कुत्सित मनसायका साथ संविधान विपरित विज्ञापन आव्हान गरिएको धारणा राखेका थिए । त्यसको प्रतिवाद गर्दै आयोग अध्यक्ष मैनालीले संसदले नै बनाएको कानून अनुसार आयोग चलेकाले आयोगले बेइमानी नगरेको स्पष्ट पारे ।

‘यहाँ कुनै खुराफाती छैन । यहाँ कुनै बेइमानी छैन । आयोग भावनामा बग्न सक्दैन । कानून अनुसार चल्ने हो । त्यसैले यस्तो चित्त दुख्दो कुरा नआईदिएको भए हुन्थ्यो ।’ उनले भने, ‘म यो देशको नागरिक पनि हो । म संवैधानिक अंगको प्रमुख मात्रै होइन । तपाईंले जस्तो नभएपनि मैले पनि परिर्वतनको लागि लड्या छ’ ।

आयोगमाथि गलत आक्षेप नलाउँन आग्रह गर्दै अध्यक्ष मैनालीले भने, ‘सरकारसँग मिलेमतो गरेर खुराफाती काम गर्‍यो अथवा मिलेभगत भो भन्ने लाग्छ भने यो होइन । यस्तो गलत आक्षेप लगाउन हुँदैन कुनै पनि व्यक्तिलाई । म जनताको प्रतिनिधिको थलो भनेर यहाँ प्रस्तुत भईरहेको छु । चार्ज लगाउने खालेको कुरा राम्रो हुँदैन ।’समिति सदस्य अमरेश कुमार सिंहले संघीयता समाप्त पार्ने षडयन्त्र अनुसार सरकार र आयोगको मिलेमतोमा संविधान विपरित विज्ञापन आव्हान गरिएको आरोप लगाएका थिए ।

समिति सदस्यहरु बृजेशकुमार गुप्ता र रामसहायक प्रसाद यादवले एउटा गाउँपालिका वा नगरपालिकाको हवाला दिएर त्रुटी सच्याउन खोज्नु गलत भएको भन्दै विज्ञापन रोक्न निर्देशन दिनुपर्ने धारणा राखेका थिए ।

समिति सदस्यहरुले आयोगले संविधानको उल्लंघन गरेको भनेपछि अध्यक्ष मैनालीले संविधानले गरेको व्यवस्था र कर्मचारी समायोजन ऐन २०७५ मा भएको व्यवस्थाबारे विस्तृत जानकारी गराउँदै कानून अनुसार नै आयोग चलेको स्पष्ट पारे । आयोग सधैँ संसदप्रति उत्तरदायी हुने र संसदको निर्देशन स्वीकार गर्ने भन्दै उनले विज्ञापन सम्बन्धी विवादमा चाँडो निर्णयमा पुग्न समितिलाई आग्रह गरेका थिए ।

लोकसेवा आयोगले जेठ १५ गते नौँ हजार १ सय ६१ पदका लागि आव्हान गरेको विज्ञापन संविधानले प्रत्याभुत गरेको समावेशी समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै संसदमा कुरा उठेपछि समितिले त्यसबारे आयोगसंग छलफल गरेको हो । आयोगले सरकारले माग गरेअनुसार विज्ञापन आव्हान गरिएको बताएपछि सम्बन्धित मन्त्रालयसँग यसबारे छलफल गर्ने निष्कर्षमा समिति पुगेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  २ : ०८ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट