पार्टी वा सत्तामध्ये एउटाको नेतृत्व लिन प्रचण्डलाई पूर्व माओवादी खेमाको दबाव ! « Khabarhub

पार्टी वा सत्तामध्ये एउटाको नेतृत्व लिन प्रचण्डलाई पूर्व माओवादी खेमाको दबाव !


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता वा पार्टी नेतृत्व मध्ये एक आफूले पाउनुपर्ने केही दिन अघि एउटा अन्तर्वार्तामा बताएपछि सत्तारुढ दलमा हलचल मच्चिएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा सत्तामा आलोपालो गर्ने गरि गरिएको सहमतिलाई प्रचण्डले अन्तर्वार्तामार्फत ‘सम्झाएपछि’ सरकारको नेतृत्व परिवर्तन हुनसक्ने आकलन पनि गरिन थालिएको छ । प्रचण्डले सत्ता वा पार्टीमध्ये एक आफूले चलाउन पाउनुपर्ने पूर्वसहमतिको विषय अहिले उठाउनुमा पूर्व माओवादीका नेताहरुको विशेष भूमिका रहेको छ ।

पूर्व माओवादी नेताले पार्टी एकतापछि आफूहरु नेतृत्वविहीन भएको भन्दै तत्काल प्रधानमन्त्री तथा पार्टी अध्यक्षमध्ये एउटा पद लिन प्रचण्डलाई दबाब दिइरहेको उनी निकट स्रोतले बतायो ।

पूर्वमाओवादीका नेताहरुले नेकपाका अर्का अध्यक्ष केपी ओलीले प्रचण्ड र पूर्वमाओवादीका नेतालाई भूमिकाविहीन बनाउन खोजेको भन्दै सक्रिय बन्न आग्रह गरेका थिए । प्रचण्ड निवासमा भएका विभिन्न चरणमा छलफलमा उनीहरुले प्रचण्डलाई नेतृत्व लिन दबाव दिएका थिए ।

‘एकताको बेलामा गरिएको सहमति ओलीले सहजरुपमा कार्यान्वयन गर्ने सम्भावना छैन,’ पूर्वमाओवादीका पोलिटव्यूरो सदस्यसमेत रहेका नेकपाका एक नेताले भने, ‘यस्तो अवस्थामा प्रचण्डलाई साथीहरुले घरमै गएर यसका लागि केही गर्न सुझाव दिएका थिए ।’

पूर्व एमालेका नेताले भित्र–भित्रै आफ्नो पक्षमा शक्ति खडा गर्ने लागि परेका पूर्वमाओवादी नेताहरुको विश्लेषण छ । यो विषयमा प्रचण्डलाई पूर्वमाओवादीका नेताले गम्भीर भएर अघि बढ्न सुझाव दिँदै आएका छन् ।

‘हामीले प्रचण्डसँग पटक–पटक नेतृत्व लिन आग्रह गर्दै आएका छौं’ खबरहबको सम्पर्कमा आएका पूर्वमाओवादी खेमाका नेताले भने, ‘जनयुद्धको इतिहास बोकेर आएको पार्टीले अत्मासर्मपण गर्नु हुँदैन भनेर प्रचण्डलाई सल्लाह र दबाब दुबै दिने काम भइरहेको छ ।’ निरन्तर दबाब बढदै गएपछि प्रचण्डले आफनो भुमिकामा अध्यक्ष वा प्रधानमन्त्री भनेर खोज्न थालेको उनको दाबी छ ।

‘प्रचण्डको अभिव्यक्ति पनि दबाबकै कारण आएको हो’ उनले भने ।

पूर्वमाओवादीका नेताहरुलाई पदको लोभ देखाएर आफनो पक्षमा तात्न ओली लागि परेको अर्का एक नेताले बताए । उनले भने, ‘सहमतिअनुसार एमालेको कोटाबाट मन्त्री भएको नेताले पूर्वमाओवादीका नेताले जितेर आएका क्षेत्रका समस्या लिएर गयो भने काम गर्ने मान्दैनन् । जसका कारण ठुला नेताको मात्र होइन दोस्रो वर्गका नेतामा झन ठुलो तालमेल देखिएको छैन ।’

एकीकरणका बेलाको सहमतिअनुसार सरकार र पार्टीको नेतृत्व आधा–आधा कार्यकाल दुईजना अध्यक्ष ओली र दाहालले चलाउन सहमति भएको थियो । तर, सोही सहमतिअनुसार केपी ओलीले पूर्वमाओवादीका नेतालाई व्यवहार नगरेको भन्दै प्रचण्डको ध्याकर्षण गराइरहेका छन् ।

पार्टी एकीकरण प्रक्रियादेखि नै कतिपय वरिष्ठ नेतानै भूमिकाविहीन भएर बसिरहेको पूर्वमाओवादीका नेता देवेन्द्र पौडेल बताउँछन् । पार्टी एकीकरणको काम टुंगिएपछि भूमिका पाउने आशामा नेताहरु रहेको उनले बताए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ०७ बजे

प्रदीप पौडेल यसरी गर्दैछन् घरदैलो (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ