के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक ? « Khabarhub

के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानले पछिल्लो समय कुनै फिल्म साइन गरेका छैनन् । किनकि, शाहरुखले अभिनय गरेका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप रहे । जसका कारण उनी नयाँ प्रोजेक्ट गर्न डराइरहेका छन् ।

फिल्म फ्लप भए पनि बलिउडमा शाहरुखको क्रेज घटेको भने छैन । शाहरुखले आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण पनि गरिरहेका छन् । र, नेटफिल्क्सबाट पनि सिरिज बनाइरहेका छन् ।

हाल आएर शाहरुख खानले धूम सिरिजको चौथो फिल्ममा धमाकेदार कमब्याक गर्न लागेको खबर बाहिर आएको छ । शाहरुख खानको धूमको फ्रेन्चाइजमा इन्ट्री हुन सक्ने भारतीय मिडियाले दाबी गरेका छन् ।

खबरका अनुसार धूम, धूम २ र धूम ३ को अपार सफलतापछि मेकर्सले धूम ४ को तयारी गरिरहेका छन् । यो फिल्ममा निर्देशक पनि नयाँ हुनेछन् । यशराज फिल्मसले शाहरुख खानलाई भिलेनका लागि एप्रोच गरेको छ । यदि शाहरुख खानले यो भूमिकालाई स्वीकारे भने उनलाई फिल्ममा देख्न पाइनेछ । साथै यो फिल्ममा उदय चोपडा र अभिषेक बच्चनलाई नयाँ प्रहरी अवतारमा देख्न सकिनेछ ।

धूम फ्रेन्चाइजको पछिल्लो फिल्ममा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : २३ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको