एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने « Khabarhub

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको ५१३ औँ सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको निर्णय अनुसार साधारण शेयरधनीहरुका लागि चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ (कर प्रयोजनका लागि समेत) नगद लाभांश वितरण गरिनेछ । यस आर्थिक वर्षका लागि बैंकले बोनस शेयर भने नदिने जनाएको छ ।

यसैगरी, बैंकले ८.२५ प्रतिशत एनएमबि अविमोच्य असञ्चित अग्राधिकार शेयरतर्फ चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले हुन आउने १२ करोड २० लाख ५५ हजार ९९४ रुपैयाँ ५२ पैसा (कर प्रयोजनका लागि समेत) नगद लाभांश समानुपातिक रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

हाल एनएमबि बैंकको साधारण शेयरतर्फको चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २१७ रुपैयाँ २० पैसा रहेको छ भने अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ३ अर्ब रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ११ : १२ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित