प्रदेश नम्बर ३ समूह विजेता बन्दै सेमिफाइनलमा « Khabarhub

प्रदेश नम्बर ३ समूह विजेता बन्दै सेमिफाइनलमा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ३ प्रधानमन्त्री कप (पीएम कप क्रिकेट) एकदिवसीय क्रिकेट प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले दिएको १ सय ५५ रनको लक्ष्य प्रदेश नम्बर ३ ले ३३.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश नम्बर ३ का लागि ईशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे । उनले ५३ रन बनाउँदा अदिल खानले ३३ रन, कप्तान पारस खड्काले २६ रन बनाए । प्रदेश नम्बर ३ विरुद्ध सुदुरपश्चिमका महेस अधिकारी, शेर मल्ल, विकास आग्री र विनोद लामाले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको सुदुरपश्चिमले ४५.१ ओभर खेल्दै सबै विकेट गुमाएर १५४ रन मात्रै बनाएको थियो । सुदुरपश्चिमका लागि खडक बोहराले ४० रन, रोसन अधिकारीले २७ र नरेश बोहराले २६ रन बनाएका थिए । सुदुरपश्चिमलाई १५४ रनमा रोक्न प्रदेश नम्बर ३ का सूर्य तामाङले ३ विकेट लिए ।

यस्तै, प्रतिश जिसी र जितेन्द्र ठकुरीले समान २–२ विकेट लिँदा नन्दन कुमार यादव र पारस खड्काले समान एक–एक विकेट लिए । प्रदेश ३ र एपीएफको समान ६–६ अंक भएपनि नेट रनरेटका आधारमा प्रदेश नम्बर ३ समूह विजेता बन्यो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : २८ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक