एक जना नेपालीको वार्षिक आय १ हजार ३४ डलर « Khabarhub

एक जना नेपालीको वार्षिक आय १ हजार ३४ डलर


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको ९ महिनाका तथ्यांक र सूचनाका आधारमा सातै प्रदेशको आर्थिक वृद्धि–दर प्रक्षेपण गरेको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी प्रदेश ५ को ७.३६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको ५.६८ प्रतिशत आर्थिक वृद्धिदर हुने तथ्यांक छ । ७.०६ प्रतिशतले दोस्रोमा गण्डकी प्रदेश रहेने प्रक्षेपण छ ।

त्यस्तै प्रदेश २ को ६.५३, प्रदेश १ को ६.४९ र ६.५३ प्रतिशतले प्रदेश २ चौथौ, ६.४९ प्रतिशतले प्रदेश १ पाचौं र ६.२५ प्रतिशतले सुदुरपश्चिम प्रदेश छैठौं आर्थिक वद्धि दर हालिस गर्ने स्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार प्रदेश ३ को सबैभन्दा बढी कूल गार्हस्थ्य उत्पादन मूल्य (१० खर्ब ३९ अर्ब २९ करोड ७० लाख र उपभोक्ता मूल्य १४ खर्ब ३२ अर्ब ७५ करोड ६० लाख) रहको छ ।

त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन मूल्य ( १ खर्ब १७ अर्ब ३४ करोड ५० लाख र उपभोक्ता मूल्य १ खर्ब १९ अर्ब २५ करोड ९० लाख) रहको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रदेश ३ मा प्रतिव्यक्ति आय २ हजार ४९ अमेरिकी डलर रहेको छ । त्यस्तै दोस्रो गण्डकी प्रदेशमा ९ सय ४८, तेस्रा प्रदेश १ मा ८ सय ८२, चौथो प्रदेश ५ मा ७ सय ९६, पाचौं सुदुरपश्चिम प्रदेशमा ६ सय ८५, छैठौंमा प्रदेश २ मा ६ सय ५१ र सबैभन्दा कम कर्णाली प्रदेशमा ६ सय १ अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रियस्तरमा भने प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : १५ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका