प्रतिनिधिसभाको शून्य समय: सामाजिक अभियन्तामाथिको यातनादेखि लोकसेवाको विज्ञापनसम्मका कुरा « Khabarhub

प्रतिनिधिसभाको शून्य समय: सामाजिक अभियन्तामाथिको यातनादेखि लोकसेवाको विज्ञापनसम्मका कुरा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद डिला संग्रौला पन्तले वैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेसिया जान रोक लगाउँदा लाखौं युवाहरु अलपत्र परेको भन्दै श्रम तथा रोजगार मन्त्रीको गम्भीर ध्यानाकर्षण गराइन् । सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुलामा जेठ ११ गते राति भएको सांघातिक हमलामा श्रीमान् श्रीमती विरमान र द्रौपती महरको मृत्यु भएको तथा सो घटनामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद गुरुङले नेपालस्थित अन्य विदेशी भोलेन्टियरका लागि एक बर्षको र अमेरिकन भोलेन्टियरका लागि २ बर्षको भिषाको व्यवस्था गरिएको भन्दै सबै विदेशीलाई समान नीति व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद देव प्रसाद तिमिल्सिनाले बैशाख २६ गते आएको असिना पानीले रौतहटको विन्द्रावन नगरपालिकाको वडा नम्बर १ २ ३ र चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० का २ हजार ८ सय घरमा क्षति पुगेको तथा २ हजार ८ सय विगाहामा लगाईएको अन्नबाली नष्ट भएकाले तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद पदमनारायण चौधरीले लाहान नगरपालिकामा बर्षौ अघि सुरु भएको नगरविकास योजना राजनीतिकरणमा परि अहिलेसम्म सम्पन्न हुन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । त्यसैगरी, सांसद पार्वती डिसी चौधरीले सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीलाई सार्वजनिक समारोहमा बोल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएर यातना दिने काम गरेको भन्दै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुतिका साथै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसंग माग गरिन् ।

सांसद नवराज सिलवालले कलंकी–कोटेश्वर सडक खण्ड सवारी दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै उहाँले सवारी दुर्घटना कम गर्ने गरि प्रभावकारी ट्राफिक व्यवस्था मिलाउन गृहमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद पुर्णा कुमारी सुवेदीले १२ बर्ष अघि सुरु गरिएको बाँकेको साप्ती सोनाली क्षेत्र अन्तर्गतको ग्रामिण विद्युतिय आयोजना अहिले सम्म पनि सम्पन्न हुन नसकेको तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश रसाईली स्नेहीले धर्म प्रचारकको रुपमा चिनिदै आएको दक्षिण कोरियाको काङनाङ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्झौता र काङनाङ विश्वविद्यालयले प्रधानमन्त्रीलाई दिएको विद्यावारिधीको उपाधीबारे सरकारको आधिकारीक धारणा माग गरेका थिए । त्यस्तै, सांसद प्रमिला राईले मुलुकभर हत्या हिंसा र भ्रष्टाचारका घटना बढीरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सांसद बालकृष्ण खाँडले सोलुखुम्बु जिल्लाका विभिन्न नगरपालिकाहरुले विद्यालयका शिक्षकहरुको विधि र प्रक्रिया विपरित मनपर्दी सरुवा गरिरहेको भन्दै उनीहरुको मनपर्दी सरुवा सच्याउन माग गरे ।

सांसद प्रमोद शाहले लोकसेवा आयोगले जेष्ठ १५ गते आह्वान गरेको विज्ञापन गैह्र संबैधानिक भएको भन्दै आपत्ती जनाए । उनले विज्ञापन सच्याएर समावेशी बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : ४६ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज