पाकिस्तानको उत्कृष्ट कमब्याक, इंग्ल्याण्डसामु ३ सय ४९ रनको लक्ष्य « Khabarhub

पाकिस्तानको उत्कृष्ट कमब्याक, इंग्ल्याण्डसामु ३ सय ४९ रनको लक्ष्य


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई ३ सय ४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । नोटिनघामस्थित ट्रेन्ट ब्रिजमा भइरहेको खेलको पहिलो इनिङ्समा पाकिस्तानले निर्धारीत ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको हो ।

घरेलु टोलीविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट शुरुवात गर्दै आफ्नो लय पूरा खेलभरी कायम राख्दा इंग्ल्याण्डविरुद्ध ठूलो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । इंग्ल्याण्डका बलरमाथि हावी भएका पाकिस्तान बलरहरुले सम्मानित रन बनाउने क्रममा पाकिस्तानका ३ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।

यसअघि पहिलो खेलमा पाकिस्तानी ब्याट्सम्यानको कमजोर प्रदर्शनकै कारण १०५ रनमा समेटिएको थियो भने इंग्ल्याण्डविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट कमब्याक गरेका छन् ।

पाकिस्तानका लागि मोहम्मद हफेजले ८४ रनको इनिङ्स खेले । उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, बाबर अजामले ६३ रन बनाए । उनले ६६ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे भने कप्तान सरफराज अहमदले ४४ बलमा ६ चौका प्रहार गर्दै ५५ रन बनाए । यस्तै, इमाम यल हकले ४४ रन, फकर जमानले ३६ रन र आसिफ अलिले १४ रन बनाए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको इंग्ल्याण्डका मोइन अलि र क्रेस वार्केसले समान तीनतीन विकेट लिए भने मार्क उड दुई विकेट लिए । घरेलु टोलीले पहिलो बलिङ रोजे पनि बलरहरुले लय समात्न नसक्दा पाकिस्तानी बलरलाई रोक्न सकेन् । यसअघि पहिलो खेलमा पाकिस्तान वेष्ट इन्डिजसँग पराजित भएको थियो भने इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : १४ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि