सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा १३ जना मारिए « Khabarhub

सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा १३ जना मारिए


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागेर १३ जनाको मृत्यु भएको छ ।

धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले सोमबार गोली चलाएको जनाइएको छ । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् ।

सैनिक शासन विरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका छन् । आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । चिकित्सकहरुको केन्द्रीय टोलीले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने दावी गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दवाब दिइरहेका छन् ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाहरुले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको र आपत्कालीन सहयोगको आवश्यकता परेको बताएका छन् । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : ०९ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब