पत्रकारले कमजोरी नऔँल्याए राजनीति सुध्रिन सक्दैनः प्रवक्ता शर्मा « Khabarhub

पत्रकारले कमजोरी नऔँल्याए राजनीति सुध्रिन सक्दैनः प्रवक्ता शर्मा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन् । पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताएका हुन् ।

कांग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ, गुल्मीले संयुक्त रुपमा सोमबार सदरमुकाम तम्घासमा आयोजना गरेको सभामा प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा भएको बताए ।

उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारले अहम् भूमिका निर्वाह गरेको स्मरण गरे । ‘कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ’, शर्माले भने । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङग बस्नेत, पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : ०४ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।