विश्वकप क्रिकेटः इंग्ल्याण्डविरुद्ध पाकिस्तान १४ रनले बिजयी, रुट र बट्लरको शतक खेर « Khabarhub

विश्वकप क्रिकेटः इंग्ल्याण्डविरुद्ध पाकिस्तान १४ रनले बिजयी, रुट र बट्लरको शतक खेर


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जीत हात पारेको छ ।  इंग्ल्याण्डलाई घरेलु मैदानमा १४ रनले पराजित गरेको पाकिस्तानले विश्वकपमा उत्कृष्ट कमब्याक गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले दिएको ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्लयाण्डले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर ३ सय ३३ रन मात्रै बनाउन सक्यो । नोटिनघामस्थित ट्रेन्ट ब्रिजनमा भएको खेलमा घरेलु टोलीविरुद्ध पाकिस्तानी बलरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जीत दिलाए ।

३ सय ३३ रन बनाएको इङ्ग्ल्यान्डका लागि तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका जोइ रुट र जोस बट्लरले शतक प्रहार गरे पनि टानेलीको जीतका लागि भने अपुग रह्यो । रुटले १०४ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १०७ रन बनाएका थिए । यस्तै, बट्लरले ७६ बलमा ९ चौका र २ छक्काको मद्दतमा १०३ रन बनाएका थिए भने जोन बेरिस्टोले ३२ रन बनाएका थिए ।

इङ्ग्लयाण्डविरुद्ध पाकिस्तानका वाहब रीआजले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिएका थिए । यस्तै, शद्दाब खान र मोहम्मद अमिरले समान दुई–दुई विकेट लिए भने, मोहम्मद हफेज र सोयव मल्लीकले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो ।
घरेलु टोलीविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट शुरुवात गर्दै आफ्नो ब्याटिङ लय पूरा खेलभरी कायम राख्दा इंग्लयाण्डविरुद्ध ठूलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो ।

यसअघि पहिलो खेलमा पाकिस्तानी ब्याट्सम्यानको कमजोर प्रदर्शनकै कारण १०५ रनमा समेटिएको थियो भने इंग्लयाण्डविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट कमब्याक गरेका थिए । पाकिस्तानका लागि मोहम्मद हफेजले ८४ रनको इनिङ्स खेले । उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, बाबर अजामले ६३ रन बनाएका थिए । उनले ६६ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे भने कप्तान सरफराज अहमदले ४४ बलमा ६ चौका प्रहार गर्दै ५५ रन बनाएका थिए । इमाम यल हकले ४४ रन, फकर जमानले ३६ रन र आसिफ अलिले १४ रन बनाए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको इंग्लयाण्डका मोइन अलि र क्रेस वार्केसले समान तीनतीन विकेट लिए भने मार्क उड दुई विकेट लिए । घरेलु टोलीले पहिलो बलिङ रोजे पनि बलरहरुले लय समात्न नसक्दा पाकिस्तानी बलरलाई रोक्न सकेन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै