विश्वकप क्रिकेटः इंग्ल्याण्डविरुद्ध पाकिस्तान १४ रनले बिजयी, रुट र बट्लरको शतक खेर « Khabarhub

विश्वकप क्रिकेटः इंग्ल्याण्डविरुद्ध पाकिस्तान १४ रनले बिजयी, रुट र बट्लरको शतक खेर


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जीत हात पारेको छ ।  इंग्ल्याण्डलाई घरेलु मैदानमा १४ रनले पराजित गरेको पाकिस्तानले विश्वकपमा उत्कृष्ट कमब्याक गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले दिएको ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्लयाण्डले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर ३ सय ३३ रन मात्रै बनाउन सक्यो । नोटिनघामस्थित ट्रेन्ट ब्रिजनमा भएको खेलमा घरेलु टोलीविरुद्ध पाकिस्तानी बलरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जीत दिलाए ।

३ सय ३३ रन बनाएको इङ्ग्ल्यान्डका लागि तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका जोइ रुट र जोस बट्लरले शतक प्रहार गरे पनि टानेलीको जीतका लागि भने अपुग रह्यो । रुटले १०४ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १०७ रन बनाएका थिए । यस्तै, बट्लरले ७६ बलमा ९ चौका र २ छक्काको मद्दतमा १०३ रन बनाएका थिए भने जोन बेरिस्टोले ३२ रन बनाएका थिए ।

इङ्ग्लयाण्डविरुद्ध पाकिस्तानका वाहब रीआजले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिएका थिए । यस्तै, शद्दाब खान र मोहम्मद अमिरले समान दुई–दुई विकेट लिए भने, मोहम्मद हफेज र सोयव मल्लीकले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो ।
घरेलु टोलीविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट शुरुवात गर्दै आफ्नो ब्याटिङ लय पूरा खेलभरी कायम राख्दा इंग्लयाण्डविरुद्ध ठूलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो ।

यसअघि पहिलो खेलमा पाकिस्तानी ब्याट्सम्यानको कमजोर प्रदर्शनकै कारण १०५ रनमा समेटिएको थियो भने इंग्लयाण्डविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले उत्कृष्ट कमब्याक गरेका थिए । पाकिस्तानका लागि मोहम्मद हफेजले ८४ रनको इनिङ्स खेले । उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, बाबर अजामले ६३ रन बनाएका थिए । उनले ६६ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे भने कप्तान सरफराज अहमदले ४४ बलमा ६ चौका प्रहार गर्दै ५५ रन बनाएका थिए । इमाम यल हकले ४४ रन, फकर जमानले ३६ रन र आसिफ अलिले १४ रन बनाए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको इंग्लयाण्डका मोइन अलि र क्रेस वार्केसले समान तीनतीन विकेट लिए भने मार्क उड दुई विकेट लिए । घरेलु टोलीले पहिलो बलिङ रोजे पनि बलरहरुले लय समात्न नसक्दा पाकिस्तानी बलरलाई रोक्न सकेन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ४९ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका