भन्सार कार्यालय- उठ्छ १५ हजार, खर्च १७ लाख « Khabarhub

भन्सार कार्यालय- उठ्छ १५ हजार, खर्च १७ लाख


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भयो।

स्थानीयका अनुसार भन्सारको कारोबार अपारदर्शी थियो। वडाध्यक्ष छेतेन भोटेले २०७२/७३ मा एकैपटक ६५ हजार राजस्व तिरेका थिए। तर, सोही वर्ष कार्यालयले राजस्व १८ हजार मात्रै जम्मा गरेको पाइएको छ। कर्मचारीका लागि भने १६ लाख ७८ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

गाउँपालिका प्रवक्ता वालुङका अनुसार तीन वर्षअघिसम्म भन्सारले ‘ श्री ५ को सरकार’ लेखिएकै रसिद दिने गरेको थियो। यो वर्ष भने राजस्व शून्य छ। ‘चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, पशुचौपाया र तयारी सामान आयात–निर्यात हुन्छ’, उनले भने, ‘तापनि, त्यसको तथ्यांक राखेर राजस्व लिने निकाय लामो समयदेखि बन्द छ।’

कार्यालयमा एक नायबसुब्बा, दुई खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी छ। तत्कालीन कार्यालय प्रमुख शेरबहादुर चेम्जोङ तीन वर्षअघि सरुवा भएपछि अरू कर्मचारी नआएको वडाध्यक्ष भोटेले बताए। ‘त्यसयता यहाँका लागि को कर्मचारी खटिएको छ भन्ने पनि थाहा छैन’, उनले भने, ‘म वडाध्यक्ष भएपछि विभागमा बुझ्ने प्रयास गरें। कर्मचारी खटाएको ठाउँमा उपस्थित हुनुपर्ने हो। तर, कहाँ छन्, कहाँ हाजिर गर्छन् भन्ने थाहा पाउन सकिएन।’

कार्यालय बन्द रहेको विषयमा भन्सार विभाग बेखबर छ। यहाँ खटिएका कर्मचारी सम्पर्कमा नरहेको विभागका सूचना अधिकारी शिशिर घिमिरेको भनाइ छ। ‘त्यहाँ चार जनाको दरबन्दी भए पनि विभागले नासु विजय श्रेष्ठलाई खटाएको छ’, उनले भने, ‘उनीसँग सम्पर्क छैन।’ भौगोलिक रूपमा टाढा रहेकाले अरू जानकारी आफूसँग नरहेको उनले सुनाए। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पनि त्यहाँ को कर्मचारी खटिएको छ भन्ने आफूलाई थाहा नभएको बताए।

सरकारबाटै ओलाङचुङगोला भन्सार उपेक्षित भएको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वसदस्यसचिव तेन्जिङ वालुङको भनाइ छ। विभागले वेबसाइटमा गलत विवरण राखेको छ। ‘ओलाङचुङगोला भन्सार कार्यालय, ताप्लेजुङ’ हुनुपर्नेमा संखुवासभा लेखिएको छ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ३१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको