पढ्नका लागि भारत पठाइएका छोरा ५ वर्षपछि छोरी बनेर फर्किए, प्रहरीसँगको बयानले गाउँले झन चकित ! « Khabarhub

पढ्नका लागि भारत पठाइएका छोरा ५ वर्षपछि छोरी बनेर फर्किए, प्रहरीसँगको बयानले गाउँले झन चकित !


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सुन्दर भविष्य सोचेर भारत पठाइएको छोरो पाँच वर्षपछि छोरी बनेर फर्किँदा बाबुआमा मात्र होइन गाउँले नै चकित परेका छन् ।

कन्चनपुरमा एउटा यस्तै घटना भएको छ । बाबुले छोरोलाई पढ्नको लागि भारत पठाए । तर पछि फर्किँदा छोरो त छोरी बनेर फर्किइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।

५ वर्षपछि घर फर्किंदा उनी ‘केटी’ प्रियंका बनेकी छन् । प्रहरी कार्यालयमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

भारतमा सवारी चालकको काम गर्ने बुवा जयराज मालले उनलाई उत्तराखण्डको हरिद्वारमा कम्प्युटर सिकाउन इन्स्टिच्यूटमा भर्ना गर्दिएका थिए । बुवा जयराज देहरादून चल्ने गाडी चलाउने भएकाले सधैं सुरेन्द्रसँगै हुँदैन्थे ।

सुरेन्द्रले ६ महिनासम्म कम्प्युटर सिके, बुवा कहिलेकाहीँ आउने–जाने गर्थे । ‘को–को आएर बढी तलब दिन्छु भनेर छोरा सुरेन्द्रलाई लगेर गएछन्,’ बुवा जयराजले भने, ‘भारतको जम्मुकस्मिर पुर्‍याए छन् ।’

उनलाई तेस्रोलिङ्गीहरूको समूहले त्यहाँ पुर्‍याएर बन्दी समेत बनाएको बाबुले बताएका छन् । त्यसपछि उनलाई २०७२ सालमा चिनेजानेका एक जनाले घर फिर्ता ल्याएका थिए ।’

दोस्रोपल्ट भारत गएका सुरेन्द्र घरपरिवारको नियमित सम्पर्कमा थिएनन् । एक्कासी गत असार महिनामा सुरेन्द्र केटीजस्तै देखिने ‘प्रियंका’ भएर कृष्णपुरको दोमिल्लास्थित घर फर्किए ।

उनीसँगै भारतीय मुस्लिम नागरिक नइम पनि आएका थिए । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।

सुरेन्द्र प्रियंका कसरी बने ?

इलाका प्रहरी कार्यालय झलारीमा यही घटनाको उजुरी परेपछि त्यसलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

प्रियंकाले प्रहरीसमक्ष औषधि खुवाएर तथा सुइ लगाएर लिङ्ग परिवर्तन गरिएको बयान दिएका छन् । आफ्नो लिङ्ग जबरजस्ती परिवर्तन गराउनेलाई कारवाही हुनुपर्ने उनको माग छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रियंकासहित परिवारले उजुरी दिएको हो । प्रहरीमा उजुरी पुगेपछि प्रहरीको आग्रहमा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरले प्रियंकाको स्वास्थ्य जाँच गरेको छ ।

औषधि र सुइका कारण ‘हर्मोन’मा परिवर्तन गर्न सकिने महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘स्वेच्छिक लिङ्ग परिवर्तन गरिएका थुप्रै घटना सुनिन्छन् । तर, प्रियंकाको हकमा जबरजस्ती भएको देखिन्छ ।’

लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए । लिंग परिवर्तन पछि प्रियंकाको हाउभाउ पूरै केटीजस्तै भएको छ । ‘लजाउने, हिड्ने तरिका सबै केटीकै जस्तो देखिन्छ, स्तन पनि देखिन्छन् । तर, बोली भने केटाकै छ,’ बाबुले भने, ‘हामी न्याय खोजिरहेका छौं ।’

बाबुका अनुसार छोरा सुरेन्द्रलाई तेस्रोलिंगीहरुले नियन्त्रणमा लिएर यस्तो गरेका हुन् ।  उनले भने, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने उनीहरुको धन्दा रहेछ ।’

उजुरी परेपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक नइमले आफूलाई लिङ्ग परिवर्तन गराउनेको पञ्जाबाट मुक्त गरेर ल्याएको प्रियंकाले बताएकी छिन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : १७ बजे

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग