आफन्तबाटै चार वर्षमा ६८४ मारिए « Khabarhub

आफन्तबाटै चार वर्षमा ६८४ मारिए


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ। आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको राजधानी दैनिकमा खबर छ।

नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो। जसअनुसार श्रीमानले श्रीमतीदेखि श्रीमतीले श्रीमान र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुरासम्मको हत्या गरेका छन्।

तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमानबाट २७५ जना श्रीमतीको हत्या भएको छ। यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान मारिएका छन्। यसैगरी बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन् भने छोराले मात्रै विगत चार वर्षबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ।

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ।

यसैगरी, सौतेनी आमा र बाबुले विगत चार वर्षम चार जना सन्तानको हत्या गरेको, आफन्तले तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ।

यस्तै, विगत चार वर्षमा मामाबाट चार जना भान्जाभान्जीको, भान्जाले तीन जना मामाको, काकाकाकीले ६ जना भतिजाभतिजीको, दाजुले २५ जना भाइबहिनीको, भाइबाट पाँच जना दाजु, दिदी र बहिनीको तथा बहिनीबाट एक जना दाजुको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले कुनै एउटा कारण नभई विभिन्न कारणले आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइएको बताए।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : २७ बजे

फ्लपको ताजा पीडामा रहेका जितुको अर्को फिल्म २ महिनालाई धकेलियो

काठमाडौं – जितु नेपाल ‘मुन्द्रे’ले निर्माण र अभिनय गरेको ‘आई

कक्षा १२ को नतिजा विवाद : माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी

काठमाडौं- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको

रास्वपाका प्रतिनिधिको झोलाभित्र के-के छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाले दिए उम्मेदवारी

चितवन– काठमाडौं- चितवनमा चार दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स

काठमाडौं – बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा