पढ्नका लागि अष्ट्रेलिया पुग्ने विद्यार्थीले पहिलो चरणमा पाउन सक्छन यस्ता काम « Khabarhub

पढ्नका लागि अष्ट्रेलिया पुग्ने विद्यार्थीले पहिलो चरणमा पाउन सक्छन यस्ता काम


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको मुलुकका रुपमा अष्ट्रेलिया पर्दै आएको छ । अष्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी पढ्नका लागि गइसकेका छन् ।

धेरै विद्यार्थीहरु अष्ट्रेलिया जाने तरखरमा पनि होलान् । तर, उनीहरुमा अष्ट्रेलिया पुगे के काम गर्ने ?  काम पाइन्छ कि पाइँदैन ?  भन्ने मनमा द्विविधा पनि रहन्छ होला । अष्ट्रेलिया पुग्ने हरेक विद्यार्थीहरुको सपना भनेको पैसा कमाउनु पनि हो ।

अस्ट्रेलिया पुगेपछि विद्यार्थीहरूले आफ्नो अध्ययन सँगै हप्ताको बिस घण्टा काम गर्न पाउँछन् । तर सुरुवातमै आफूसँग सिप नहुँदा राम्रो काम पाउन गाह्रो हुन्छ । नयाँ ठाउँ, भाषामा समस्या, वातावरण लगायतले विद्यार्थीहरूलाई पहिलो चरणमा राम्रो काम पाउन मुस्किल हुन्छ ।

यस्तो अवस्थामा विदेशी विद्यार्थीले निम्म अनुसारका कामहरु पाउने सम्भावना बढी रहन्छ –

रिटेल सेल्सः रिटेल सेल्समा स्टोर किपर, क्लिनर आदि काम पाउन सकिन्छ । यहाँ ग्राहक संग बोल्ने मौका पाइने हुँदा अंग्रेजी बोलाईमा सुधार आउँछ । यसमा समय व्यवस्थापन गर्न सजिलो हुन्छ तर कमाइ कम हुन्छ ।

क्लेरिकल स्पेसलिस्टः क्लेरिकल स्पेसलिस्ट अन्तर्गत कार्यालय भित्र रहेर संदेश तथा चिठीहरु लेख्ने, कागजपत्रहरु बनाउने, कागजपत्रहरु व्यवस्थापन गर्ने आदि काम गर्नुपर्छ । यो कार्यलय समय हुने हुँदा समय व्यवस्थापनमा सजिलो हुन्छ । काम गर्न सजिलो हुन्छ र कमाइ पनि हुन्छ तर झन्झटिलो तथा एक्लै रहेर एकै खालको काम गरिरहनुपर्ने हुँदा दिक्दारी भई मानसिक थकान बढी हुन्छ ।

रेष्टुराँमा वेटरः रेष्टुराँमा वेटरको काम गर्दा काम अनुसारको कमाइ हुन्छ, अंग्रेजी सुधार हुन्छ, मानिसहरुसँग व्यवहार गर्न सिकिन्छ, हस्पिटालिटी पढ्नेहरुको लागि करियरको आधार बन्न सक्छ । तर यस काममा लामो समय खटिन पर्ने हुँदा थकान बढी हुन्छ र अष्ट्रेलियामा टिप्स दिने चलन नहुँदा अतिरिक्त कमाइ हुँदैन ।

किचनमा हेल्परः किचनमा हेल्पर हुँदा किचनको सरसफाई र भाँडा माझ्ने काम गर्नुपर्छ । यसमा परिश्रम अनुसारको कमाइ पनि हुन्छ तर थकान बढी हुने र समूहमा काम गर्न नपाउने हुँदा दिक्दारी हुन सक्छ ।

बार टेन्डरः बार टेन्डरमा काम गर्दा ड्रिंक्स सम्बन्धि जानकारी लिएर काम गर्नुपर्छ। यसमा कमाइ पनि राम्रो हुनुको साथै अंग्रेजी सिक्ने र साथीहरुसंग रिफ्रेस हुने अवसर मिल्छ । तर यो लामो समयको काम हुन्छ र असामान्य ग्राहकहरुको पनि सामना गर्नुपर्ने हुन्छ ।

कल सेन्टरः कल सेन्टरमा फोनबाट क्लाइन्टसँग बोल्नु पर्ने हुन्छ जसले गर्दा अंग्रेजीमा सुधार आउँछ र साथै यसमा कमाइ पनि हुन्छ । तर यो कामले तपाईंमा नैराश्यता सिर्जना गर्न पनि सक्छ ।

क्लिनरः यस काम अन्तर्गत कार्यालय समय सकिएपछि कार्यालयहरुको सरसफाई गर्नुपर्ने हुन्छ । यसमा मानिसहरुसँग डिल गर्न नपर्ने हुँदा अंग्रेजी सिक्ने अवसर हुँदैन।

असिस्टेन्टः यस काम अन्तर्गत गेस्टहरुको सत्कार गर्ने, उनीहरुको फ्लाइट बुक गरिदिने, मिटिंग हल रेडी गरिदिनुपर्ने आदि काम पर्छन् । यसमा राम्रो कमाई र समयको निश्चितता हुन्छ ।

यी बाहेक साथीभाइ, नातेदार वा चिनजानको व्यक्तिहरुसँग सम्पर्क गरेर र जब भ्याकेन्सी सम्बन्धी वेबसाइटहरु हेरेर अरु काम पत्ता लगाउन सकिन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : २२ बजे

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

एजेन्सी– इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय