जब सनी लियोनीले पहिलोपटक हेरेकी थिइन् एडल्ट फिल्म... | Khabarhub Khabarhub

जब सनी लियोनीले पहिलोपटक हेरेकी थिइन् एडल्ट फिल्म…


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलिउड अभिनेत्री सनी लियोनी आफ्नो करिअरको शुरुवाती समयमा पोर्न स्टार थिइन् । उनी निकै छिटो टप एडल्ट स्टार पनि बनिन् । एडल्ट फिल्ममा जमेकी सनीको पहिलो एडल्ट फिल्म हेर्दाको अनुभव कस्तो थियो त ?

सनीमाथि बनेको वेब सिरिज ‘करनजीत: द अनटोल्ड स्टोरी’ मा सनीले यसबारेमा खुलासा गरेकी छिन् । वेब सिरिजका अनुसार उनले एडल्ट फिल्म पहिलोपटक आफ्नो भाइ र साथीका साथ गल्तीले हेरेकी थिइन् । त्यतिबेला उनलाई निकै नरमाइलो लागेको थियो ।

एडल्ट फिल्म हेरेपछि ग्लानि महसुस भयो । लगत्तै उनी गुरु नानक देवको तस्वीरका अगाडि उभिइन् र माफी मागिन् । सनीको जिन्दगीमा आएका अनेक मोड खुलाइएको थिएन । सनीले वेब सिरिजका माध्यमबाट धेरै कुराको पर्दाफास गरेकी छिन् ।

सनीको जीवनमा एउटा यस्तो पनि समय थियो कि, सनीका भाइले पोस्टरमा सनीको अटोग्राफ गराएर कलेजमा लगेर बेच्ने गर्थे ।

सनीका भाइ सन्दीपले भनेका छन्, ‘म आफ्नो कोठामा सनीको पोस्टर लगाउँथेँ, उक्त पोस्टरमा उनको साइन पनि हुन्थ्यो । एक्स्क्लुसिभ तस्वीर देखेपछि तस्वीर किन्ने माग बढ्थ्यो ।’

अहिले सनी लियोनी बलिउडकी टप अभिनेत्रीमा गनिन्छिन् । उनको एडल्ट करिअरको पनि उत्तिकै चर्चा हुने गर्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ५९ बजे

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले