ओली–प्रचण्डबीच छलफल : होला आईफा अवार्ड नगर्ने निर्णय ? « Khabarhub

ओली–प्रचण्डबीच छलफल : होला आईफा अवार्ड नगर्ने निर्णय ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समययता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दूरी बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

दुई अध्यक्षबीचमा असमझदारी बढेपछि त्यसको समाधानको प्रयास अघि बढाइएको छ । यसक्रममा नेकपाका दुई अध्यक्षले राजनीतिक परामर्श र भेटघाटलाई तिव्रता दिएका छन् । त्यसकैको सिलसिला स्वरुप नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधबार(आज) विहान बालुवाटारमा छलफल भएको छ ।

दुई अध्यक्षबीच असझदारी बढेपछि त्यसको समाधानको लागि छलफल जारी रहेको र समझदारी भएपछिमात्र सचिवालय बैठक बोलाउने गरि छलफल भइरहेको नेकपाका एक नेताले बताए ।

यसअघि असार ८ गते बसेको सचिबालय बैठकले राजनीतिक प्रतिवदेन सम्पादन गर्ने निर्णय गरेको थियो । त्यसक्रममा दुई अध्यक्षबीच दस्तावेज पुनर्लेखन गर्ने वा सामान्य सम्पादन गर्ने भन्नेमा मत बाँझिएको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यदिशाको रुपमा प्रतिवेदनमा राख्न खोजेको भन्दै पूर्वमाओवादी खेमा शशंकित भएको थियो ।

पूर्व माओवादी खेमाले त्यसको प्रतिरक्षा गरेका थिए भने प्रचण्डलेसमेत माधव नेपाल लगायका नेतासँग छलफल थालेपछि ओलीले एक कार्यक्रममा जनताको जनवाद नै नेकपाको कार्यदिशा हुने स्पष्ट पारेका थिए ।

आईफाबाट पछि हट्ने ?

बुधबार दुई अध्यक्षबीच आईफा अवार्डका विषयमा भइरहेको बहसका विषयमासमेत छलफल भएको थियो ।

आईफाका लागि सरकारले एक अर्ब रुपैयाँ खर्च गर्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचना जारी रहँदा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले यसबारे चासो राखेको स्रोतको भनाइ छ ।

महासचिव विष्णु पौडेलसमेत सहभागी बैठकमा आईफाबारे जनस्तरमा विवाद भएका कारण यो निर्णयबाट पछि हट्दा उपयुक्त हुने गरि छलफल भएको थियो ।

संसदको अन्तर्राष्ट्रिय समितिले समेत अवार्ड आइफामा सरकारी खर्च नगर्न निर्देशन जारी गरेको विषयलाई समेत ध्यान दिँदै यो निर्णयबाट पछि हट्न उपयुक्त हुने विषयमा दुबै नेता सहमत भएको श्रोतको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ०७ बजे

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)