उडिरहेको विमानबाट कसरी खसे मानिस ? « Khabarhub

उडिरहेको विमानबाट कसरी खसे मानिस ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतमा उडिरहेको विमानबाट खसेका एक मानिसको मृत्यु भएको छ ।

केन्या एयरलाइन्सको विमान नइरोवीबाट बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नु भन्दा केही अघि ति व्यक्ति विमानबाट खसेका थिए ।

विमानस्थल नजिकको एक व्यक्तिको घरमा रहेको बगैचामा विमानबाट मानिस खसेका थिए । उनी बगैंचामा खस्दा ठूलो आवाज आएको थियो । विमानबाट मानिस खस्दा बगैचाको भाग नै भासिएको सीएनएनले जनाएको छ ।

ग्लोबल न्यूजका अनुसार नइरोबीबाट ९ घन्टाको उडान भरेका विमान हिथ्रो विमानस्थलमा पुगेका थियो ।

लण्डन प्रहरीका अनुसार मृतको पहिचान हुन सकेको छैन । प्रहरीले आइतबार दक्षिणी लण्डनको आवासीय क्षेत्रमा रहेको एक घरको बगैचामा ती व्यक्ति खसेको जनाएको छ ।

केन्या एयरवेजका अनुसार प्रहरीले विमानको गेयर बक्समा झोला, पानी र केही खाना फेला परेको बताउँदै उक्त व्यक्ति सोही स्थानमा लुकेको हुनसक्ने अनुमान गरेको छ । विमान अवतरण गर्नु भन्दा पहिला गियरबक्स खसेको थियो । गिरयबक्समा बोझ भएका कारण खसेको हुनसक्ने अनुमान एयरलाइन्सले गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ४८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले