बजेट आएपछि समयमै बोलपत्र नगरिने कार्यशैलीमा सुधार गर्न सांसदहरुको माग « Khabarhub

बजेट आएपछि समयमै बोलपत्र नगरिने कार्यशैलीमा सुधार गर्न सांसदहरुको माग


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले बजेट आएपछि समयमै बोलपत्र नगरिने कार्यशैलीमा सुधार गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबार (आज)को बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृहमन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद कालीबहादुर मल्लले ऐन नियमको, कार्यान्वयनमा समस्या आएको बताउँदै समयमा बोलपत्र नहुने कार्यशैली परिवर्तन गर्नका लागि आवश्यक कानून तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

सांसद रमेशजङ्ग रायमाझीले बजेट आउनुभन्दा पहिले नै बजेटका बारेमा छलफल गरिनुपर्नेमा त्यस्तो हुन नसकेकाले यसमा परिवर्तन हुनु आवश्यक रहेको बताए । तराई मधेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सम्बन्धित मन्त्रीले आफ्नै क्षेत्रमा पुर्‍याएको आरोप लगाउँदै सुन तस्करी, निर्मला पन्त हत्या र वाइडबडीजस्ता घटनाका दोषीलाई के गरियो ? भन्दै प्रशन गरे ।

सांसद खेमराज नेपालीले उत्पीडित समुदायका अधिकार सम्बोधन गर्ने गरी बजेट आएको बताए । उनले यातायात कार्यविधि २०७४ मा व्यवस्था भएबमोजिम कुनै पनि सार्वजनिक यातायातमा गीत सङ्गीत बजाएबापत राजस्व तिनुपर्ने व्यवस्था किन कार्यान्वयन गरिएन भने सार्वजनिक यातायातमा एकाधिकारको अन्त्य भएको र यात्रुमैत्री यातायात सञ्चालन भएको अनुभव गर्न जनताले नपाएको उनको भनाइ थियो ।

सांसद राधेश्याम अधिकारीले संविधानले परिकल्पना गरेको आधारभूत शिक्षा दिन सकिन्छ वा सकिँदैन भन्दै सामुदायिक विद्यालयलाई बलियो बनाउन उपयुक्त कार्यक्रम बजेटले ल्याउन नसकेको आरोप लगाए ।

सांसद नरपति लोहारले एक घर एक धारा, एक घर एक बत्तीको नारा सकारात्मक भएको बताउँदै गरीबीको रेखामुनि रहेका दलित समुदाय शिक्षाबाट वञ्चित भएकाले यसमा उपयुक्त नीति निर्धारण गर्न माग गरे ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ५९ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल