योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान « Khabarhub

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

फागुन २१ को निर्वाचनको नतिजापछि शीतल निवास पुगेका उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछिको जटिल अवस्थामा संविधान जोगाउन खेलेको अभिभावकीय भूमिकाप्रति राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।

उक्त दुई दिने आन्दोलनपछि निम्तिएको अनिश्चितताबीच संविधानको क्रियाशीलता र लोकतान्त्रिक प्रणाली बचाउन राष्ट्रपतिले खेलेको भूमिकाको सराहना गरेका हुन् ।

‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्यौल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान !’, उनले भनेका छन् ।

भेटका क्रममा राष्ट्रपतिबाट आफूलाई प्रेरणादायी सल्लाह तथा सुझाव पनि प्राप्त भएको भन्दै उनले आभार व्यक्त गरेका छन् ।

सितलनिवास

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ५८ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ