मल्लिकाको पेटमा ‘अण्डा फ्राइ’ गर्न चाहन्थे निर्माता ! | Khabarhub Khabarhub

मल्लिकाको पेटमा ‘अण्डा फ्राइ’ गर्न चाहन्थे निर्माता !


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री मल्लिका शेरावतले एक टेलिभिजन शो मा एक निर्माताले आफ्नो पेटमा अण्डा फ्राइ गर्न चाहेको खुलासा गरेकी छिन् । ती निर्माताले मल्लिका कतिसम्म हट छिन् भनेर देखाउन उनको पेटमा अण्डा राख्न चाहेका थिए ।

‘द कपिल शर्मा शो’ मा मल्लिकासँग सोधियो, ‘मल्लिका हामीले सुनेका छौँ कि, तपाईंको तस्वीर छापिएको पत्रिकाले खाना ढाक्दा पछिसम्म त्यो खाना तातो नै रहने गर्थ्यो !’

रमाइलोमै मल्लिकाले यो दावी सही भएको बताइन् । यता कार्यक्रममा उनलाई मजाक सँगसँगै हल्लालाई पुष्टि गर्न भन्दै यस्तो प्रश्न सोधिएको थियो । साथै उनले अर्को किस्सा पनि सुनाइन् ।

‘मैले फिल्म गरिरहेकी थिएँ, एउटा गीतको शूटिङ चलिरहेको थियो, गीतमा मल्लिका हट छिन् भन्ने देखाउनुपर्ने थियो,’ मल्लिकाले भनिन्, ‘निर्माताले कोरियोग्राफरका माध्यमबाट आफ्नो विचार राखे, विचार थियो, उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’

यस्तो सुनेर शो मा उपस्थित दर्शक चकित भए । साथै मल्लिकाले उक्त दृश्य नगरेको पनि बताइन् । उनले भनिन्, ‘पछि मैले त्यो दृश्य गरिन ।’

कुनै जमानामा खुबै चर्चामा रहने मल्लिका पछिल्लो समय भने बलिउडमा खासै चर्चामा छैनिन् । यद्यपि सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर र उनको ग्ल्यामरको भने बलिउडमा चर्चा भइरहन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  २ : ०८ बजे

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३