मल्लिकाको पेटमा ‘अण्डा फ्राइ’ गर्न चाहन्थे निर्माता ! « Khabarhub

मल्लिकाको पेटमा ‘अण्डा फ्राइ’ गर्न चाहन्थे निर्माता !


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री मल्लिका शेरावतले एक टेलिभिजन शो मा एक निर्माताले आफ्नो पेटमा अण्डा फ्राइ गर्न चाहेको खुलासा गरेकी छिन् । ती निर्माताले मल्लिका कतिसम्म हट छिन् भनेर देखाउन उनको पेटमा अण्डा राख्न चाहेका थिए ।

‘द कपिल शर्मा शो’ मा मल्लिकासँग सोधियो, ‘मल्लिका हामीले सुनेका छौँ कि, तपाईंको तस्वीर छापिएको पत्रिकाले खाना ढाक्दा पछिसम्म त्यो खाना तातो नै रहने गर्थ्यो !’

रमाइलोमै मल्लिकाले यो दावी सही भएको बताइन् । यता कार्यक्रममा उनलाई मजाक सँगसँगै हल्लालाई पुष्टि गर्न भन्दै यस्तो प्रश्न सोधिएको थियो । साथै उनले अर्को किस्सा पनि सुनाइन् ।

‘मैले फिल्म गरिरहेकी थिएँ, एउटा गीतको शूटिङ चलिरहेको थियो, गीतमा मल्लिका हट छिन् भन्ने देखाउनुपर्ने थियो,’ मल्लिकाले भनिन्, ‘निर्माताले कोरियोग्राफरका माध्यमबाट आफ्नो विचार राखे, विचार थियो, उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’

यस्तो सुनेर शो मा उपस्थित दर्शक चकित भए । साथै मल्लिकाले उक्त दृश्य नगरेको पनि बताइन् । उनले भनिन्, ‘पछि मैले त्यो दृश्य गरिन ।’

कुनै जमानामा खुबै चर्चामा रहने मल्लिका पछिल्लो समय भने बलिउडमा खासै चर्चामा छैनिन् । यद्यपि सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर र उनको ग्ल्यामरको भने बलिउडमा चर्चा भइरहन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  २ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११