तत्कालीन माओवादी सेनाको ब्यारेक अवलोकन गर्न गए सभामुख « Khabarhub

तत्कालीन माओवादी सेनाको ब्यारेक अवलोकन गर्न गए सभामुख


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– सभामुख कृष्णबहादुर महराले तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन पछि सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले तत्कालीन जनयुद्धको सम्झना गर्दै भने “अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास हुनु जरुरी रहेको छ ।”

सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध सङ्ग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराएका थिए ।

त्यस अवसरमा स्थानीय सङ्क्रामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नु परेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  २ : ०५ बजे

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात