नेप्से सुधार हुँदै, आज पनि बढ्यो शेयर बजार « Khabarhub

नेप्से सुधार हुँदै, आज पनि बढ्यो शेयर बजार


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार ११ अंकले बढेको नेप्से परिसुचक आज पनि १५ दशमलव ६२ अंकले बढेको छ । १२ सय ५३ दशमलव ८६ अंकमा रहेको नेप्से बढेर १ हजार २ सय ६८ दशमलव ६९ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज कारोबार भएका सबै समूहको उल्लेख्य वृद्धि भएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये नेपाल बैंक लिमिटेडको कारोबार सबैभन्दा उच्च भएको छ । दोस्रोमा सेञ्चुरी बैंक , तेस्रोमा मेगा बैंक र चौथो धेरै कारोबार हुनेमा प्रभु बैंक रहेको छ ।

कारोबार भएकामध्ये सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य प्रतिशेयर ४ सय ४९ रुपैयाँले बढेको छ । यो आज कारोबार भएका सबै शेयरमध्ये सबैभन्दा बढी हो । त्यस्तै सूर्योदय लघुवित्त वित्तिय संस्थाका शेयरधनीले समेत नाफा कमाएका छन् ।

आज कारोबार भएको संस्थाको प्रतिशेयर मुल्य ७ सय २१ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिनको तुलनामा ५४ रुपैयाँले बढेको हो । त्यस्तै स्वाभिमान लघुवित्त वित्तिय संस्थाका शेयरधनीले समेत प्रतिशेयर २४ रुपैयाँ नाफा कमाएका छन् । तर रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले प्रतिशेयर ८ रुपैयाँ घाटा व्यहोर्दा समिट लघुवित्तिय वित्तिय संस्थाका शेयरधनीले समेत प्रतिशेयर ७ रुपैयाँ गुमाएका छन् ।

आज सबैभन्दा धेरै सेञ्चुरी बैंकको शेयर किनबेच भएको छ भने मेगा बैंकको समेत धेरै कारोबार भएको छ । माथिल्लो तामाकोशीसहित सिभिल बैंकको समेत बढी शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ३६ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर