गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’  « Khabarhub

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा देश लङ्का बनिसकेको व्यङ्ग्य गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति (सुन) तर्फ लक्षित गर्दै डाँडाभरि लालीगुराँस फुल्नेबेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा समृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ– सुशासन त्यहिँबाट आरम्भ भै हाल्छ।’

उनले ‘जहाँ कङ्गाल, त्यहाँ चण्डाल’ भन्ने नेपाली उखानलाई उधृत गर्दै अब देश कङ्गाल अवस्थाबाट मुक्त भएको तर त्यो मुक्ति जनताका लागि नभई सत्ताको वरपर घुम्नेहरूका लागि मात्र आएको संकेत गरेका छन् । 

उनले प्रधानमन्त्री वालेन्द्र शाह चुनावी अभियानका क्रममा सुदूरपश्चिम जाँदा लेखेको स्टाटस ‘झिक्कै झिक्कै मया तम्लाई’उल्लेख गर्दै मन्त्रीहरुको सम्पत्ति विवरणसँगै मुलुकमा समृद्धि आइसकेको व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्– ‘जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे, त्यो दुर भएछ– झिक्कै झिक्कै मया तम्लाई !’

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ४० बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित