यस्तो झगडा जसलाई समाधान गर्न सके पति–पत्नीको सम्बन्ध बन्छ प्रगाढ | Khabarhub Khabarhub

यस्तो झगडा जसलाई समाधान गर्न सके पति–पत्नीको सम्बन्ध बन्छ प्रगाढ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पति पत्नीबीच विवाद हुनु सामान्य कुरा हो । तर यस्ता समस्याको बेलैमा समाधान गर्न सकिएन भने यसले उग्र रुप लिन सक्छ र यसले गर्दा पति पत्नीबीच सम्बन्ध विच्छेदको अवस्थासमेत बन्न सक्छ ।

तर यस्ता सामान्य विवादहरु समाधानका लागि पहल गर्ने वा समाधान हुने हो भने पति पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुन जान्छ ।

स–साना झगडाले गर्दा सम्बन्धलाई विकराल अवस्थामा पुर्‍याउँछ भने यसले तनाव र चिन्ता पनि थप्छ । त्यसै भएका कारण यस्ता साना तिना समस्या समाधानका लागि आपसी छलफल र योजनाका साथ अघि बढ्न जरुरी हुन्छ ।

पति पत्नीबीच केही यस्ता समस्या हुन्छन् जसले गर्दा तनाव सिर्जना गर्छ । यस्ता केही समस्याबारे हामी उल्लेख गर्दै त्यसको समाधानका उपाय के हुनसक्छन् भनेर उल्लेख गर्दै छौं ।

विहान पत्निलाई चाडैं उठेर घरको सरसफाइदेखि सबै काम गर्नपर्ने हुन्छ । तर पतिले ढिला उठ्ने र शयककक्षलाई पनि नमिलाउने कार्य गर्दा पति पत्नीबीच विवादको शुरुवात हुनसक्छ ।

त्यस्तै नुहाएर पुछिएको तौलिया खाटमा राख्ने, टेबलमा जुठो भाँडा जस्ता हरेक बिहान दोहोरिने स–साना कुराहरूले पति वा पत्नीलाई रिस उठाउन सक्छ । यसलाई वेवास्ता गर्दै जाने हो भने यसले समस्या निम्त्याउन सक्छ त्यसैले बेलैमा समाधान तर्फ कदम चाल्न जरुरी हुन्छ ।

यसका लागि सबैभन्दा पहिले पतिले आफैले विचार गर्नुपर्छ । पतिको ध्यान नपुग्दा पत्नीले प्रेमपूर्वक सम्झाउने गर्नुपर्छ । र यस्ता केही नराम्रा बानी छ भने त्यसलाई सुधार गर्दै लैजान आवश्यक छ ।

पति पत्नीबीच कहिले काही टेलिभिजन हेर्ने विषयमा पनि विवाद पर्छ । पतिलाई कुनै एक कार्यक्रम हेर्न खोजेको बेलामा पत्नीलाई अर्कै कार्यक्रम हेर्ने चाहना हुन सक्छ । त्यसका कारण रिमोट खोसाखोस हुने र त्यसले तनाव अवस्था बन्न सक्छ । र रिमोट हात नपर्ने पक्षले आफूलाई भन्दा पार्टनले टेलिभिजनमा रुची दिएको आकलन गर्न सक्छ । यो एक सामान्य समस्या हो तर यसले विकराल रुप लिने सम्भावना हुन जान्छ ।

समाधानका लागि पहिला पत्नीले हेर्ने कुनै महत्वपूर्ण कार्यक्रम वा सिरियलको लागि समय निर्धारण गर्ने र त्यसबेला उनलाई स्वतन्त्र रुपमा टेलिभिजन हेर्न दिने र त्यसबेला आफूले पनि उनलाई साथ दिने गर्न आवश्यक हुन्छ भने पतिले टेलिभिजनमा कुनै कार्यक्रम हेरिरहेको बेलामा पत्नीले पनि साथ दिन आवश्यक छ ।

एकै पटक कार्यक्रमहरु परेमा प्राथमिकता निर्धारण गरेर हेर्न सकिन्छ वा आजभोलि इन्टरनेटको समय भएका कारण युट्यु च्यानलहरुको प्रयोग गर्न पनि सकिन्छ ।

घुम्न जाने विषयमा पनि पति पत्नीबीच विवाद हुने गरेको पाइन्छ । कुनै एक पक्षले इच्छा गरेको स्थानमा मात्र जाने वा जाँदै नजाने कुराले गर्दा पनि तनाव उत्पन्न हुन सक्छ ।

त्यसको समाधानका लागि कहाँ जाने भन्ने सल्लाह गर्ने र दुवैको साझा मत भएको स्थानमा घुम्न जाने विकल्प रोज्न सकिन्छ ।

कहिले अफिसको पार्टी हुन्छ त कहिले साथीहरूसँग समय बिताउन मन लाग्न सक्छ तर, आफ्नो पार्टनरले भने यस कुरालाई बुझ्न नसक्दा यसले पनि झगडाको रूप लिन सक्छ । म मात्र घरमा बसेर परिवारको ख्याल गरौँ भन्न सोच आएको अवस्थामा पनि यसले झगडा निम्त्याउन सक्छ ।

यसका लागि दुवैले एक अर्कालाई ठाऊँ दिनुपर्छ । कहिले एउटाले परिवारको पुरै जिम्मेवारि लिने त कहिले अर्कोले लिने गरे समस्याबाट भाग्न सकिन्छ । दुवैले मिलेर परिवारको रेखदेख गर्ने, मन लागेको र आवश्यक अवस्थामा एकले मात्र सम्हाल्ने गर्दा पनि झगडाबाट बच्न सकिन्छ । त्यसका लागि पति–पत्नीबीच राम्रो समझदारी हुनु आवश्यक हुन्छ ।

पति पत्नीबीच विवाद हुने अर्को विषय पारिवारिक संरचना पनि हो । पतीले घर तर्फको र पत्नीले माइती तर्फ वास्ता नगरेको भन्ने विषयले पनि पति पत्नीबीच विवाद उत्पन्न हुनसक्ने सम्भावना रहन्छ ।

यस्तो समस्या समाधानका लागि परिवारका सदस्यहरुले र विशेष गरि पति र पत्नीले आफ्नो जिम्मेवारीको महसुुस गर्नुपर्ने हुन्छ । पत्नीले घर तर्फका आमाबुवाको हेरचाहका गर्न जरुरी हुन्छ भने पतिले पनि पत्नीको माइतीतर्फ आइपरेका समस्यालाई गम्भीरताका साथ लिन आवश्यक हुन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : २० बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी