राहुल गान्धीद्वारा कांग्रेस प्रमुखको पदबाट राजीनामा « Khabarhub

राहुल गान्धीद्वारा कांग्रेस प्रमुखको पदबाट राजीनामा


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय कांग्रेस पार्टी प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् । बुधबार ट्वीट गर्दै कांग्रेस अध्यक्ष गान्धीले पार्टी प्रमुखबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

ट्वीटमा उनले हालै भएको आम निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टी प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि पनि उनले राजीनामा दिने मनशाय व्यक्त गरेको तर पार्टीका नेताहरुले उनलाई राजीनामा नदिन सल्लाह दिएपछि उनी पछि हटेको समाचार सार्वजनिक भएको थियो ।

अघिल्लो अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा कांग्रेसले ५४३ मध्ये केबल ५२ सिट ल्याएको थियो । लज्जास्पद पराजयसँगै उनीमाथि राजीनामा दिन तीब्र दबाब रहीआएको थियो । राहुल गान्धीका बाबु राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र बुढा हजुरबुवा जवाहरलाल नेहरुले भारतीय प्रधानमन्त्रीको रुपमा आफ्नो जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : ३९ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम