अस्ट्रेलियामा २ नेपालीको ज्यान लिनेगरी भएको कार दुर्घटनाका चालक समातिए « Khabarhub

अस्ट्रेलियामा २ नेपालीको ज्यान लिनेगरी भएको कार दुर्घटनाका चालक समातिए


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै दुई नेपाली विद्यार्थीको ज्यान जानेगरी अघिल्लो साता भएको सवारी दुर्घटनामा परेका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त कारका चालक नेपाली मूलका २२ वर्षे सागर भट्टराईलाई शुक्रबार सिड्नी शहरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न लागेका बेला पक्राउ गरिएको अष्टे«लियन प्रहरीले जनाएको छ ।

उनलाई हाल मास्कोट प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीविरुद्ध ज्यान लिनेगरी खतरनाक शैलीमा सवारी चलाएको दुई अभियोग, गलत काम गरी हानी पुर्‍याएको दुई अभियोग र मानिसलाई गम्भीर हानी हुनेगरी खतरनाक शैलीमा सवारी चलाएको एक गरी पाँच अभियोग दर्ता गराइएको छ ।

स्थानीय परामाता बेल कोर्टले उनको जमानत अस्वीकार गरेका कारण मुद्दाको अर्को सुनुवाइ हुने मिति सेप्टेम्बर २७ सम्म उनी हिरासतमै रहने अस्ट्रेलियाको एबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।

गत आइतबार भएको सवारी दुर्घटनामा नेपाली मूलका दुई विद्यार्थीहरु २२ वर्षे समिक्षा सुवेदी र २१ वर्षे गोपाल भण्डारीको ज्यान गएको थियो । मोरानो राजमार्गमा दुर्घटनाग्रस्त मज्दा ६ सेडान कारका चालक भट्टराईको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर चोट लागेका उनलाई राजधानी क्यानबेरा लगेर उपचार गरिएको थियो । त्यसपछि उनी अस्पतालबाट बाहिरिएर सिड्नी पुगी त्यहाँबाट नेपाल फर्कने योजनामा थिए । तर, प्रहरीको तीब्र अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १ : ४० बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय