मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद भारतमा पक्राउ, स्वदेश फर्काइयो « Khabarhub

मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद भारतमा पक्राउ, स्वदेश फर्काइयो


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले–अवैध बाटोबाट भारत प्रवेश गरेका मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पक्राउ गरी उनलाई स्वदेश फर्काइएको भारतीय अधिकारीले जनाएका छन् ।

गत बिहीबार अवैध तरिकाबाट डुङ्गामार्फत् दक्षिण भारतका टुथुकुडी शहर प्रवेश गरेका उनलाई शुक्रबार पक्राउ गरी मालदिभ्स फर्काइएको हो ।

राजनीतिक शरणका लागि उनी भारत प्रवेश गरेको भएपनि भारत सरकारले भने शरण दिन अस्वीकार गरेको थियो । उनी बिहीबार सिङ्गापुरको ध्वजावाहक डुङ्गामार्फत् अवैध तरिकाले भारत प्रवेश गरेका थिए ।

उनले यसअघि तोकिएको प्रवेश क्षेत्रमार्फत् नभई अन्य मार्गबाट भारत प्रवेश गरेको र उनीसँग आवश्यक कागजात नभएका कारण उनको भारत प्रवेश अवैध रहेको भारतीय अधिकारीको भनाइ छ ।

उनी आइतबार वा सोमबार मालदिभ्स पुगिसक्ने मालदिभ्सका अधिकारीहरुको आँकलन छ ।

उनीविरुद्ध सन् २०१६ मा मालदिभ्सको अदालतले तत्कालिन राष्ट्रपति अब्दुल्लाह यामिनको हत्याको षड्यन्त्र रचेको अभियोगमा १५ वर्षको जेलसजाय सुनाइएको थियो । त्योबाहेक भ्रष्टाचार र आतंकवादी गतिविधिको अभियोगमा समेत गरी उनलाई कुल ३३ वर्षको जेलसजाय तोकिएको छ । उनी माल्दिभ्समा नजरबन्दमा थिए ।

यामिनमाथि लागेको सम्पत्ति शुद्धीकरणको अभियोगमा उनी महत्वपूर्ण साक्षी समेत हुन् । उनलाई कुनै समय मालदिभ्सको प्रमुख नेताको रुपमा उदय हुनसक्ने नेताको रुपमा समेत हेरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  २ : ५४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले