स्कोडा अन्तर बै‌ंक फुटसलको उपाधि हिमालयन बैंकलाई « Khabarhub

स्कोडा अन्तर बै‌ंक फुटसलको उपाधि हिमालयन बैंकलाई


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि हिमालयन बैंकले उचालेको छ । शनिबार भएको फाइनल खेलमा ग्लोबल आईएमई बैंकलाई ३–० ले पराजित गर्दै हिमालयन बैंक स्कोडाको पहिलो संस्करण विजेता बन्न सफल भएको हो ।

अघिल्लो शनिबार शुरु भएको प्रतियोगिताको आज फाइनल खेल भएको थियो । एक्टिभ स्पोर्ट्स कम्प्लेक्सले आजोजना गरेको प्रतियोगितामा २० बैंकले सहभागिता जनाएका थिए । प्रतियोगिता अघिल्लो शनिबार शुरु भएर आज सम्पन्न भएको हो ।

प्रतियोगिताको विजेता टोली हिमालयन बैंकले नगद १ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता ग्लोबल आईएमई बैंकले ५० हजार रुपैयाँ पाएको छ । आयोजक स्कोडा स्पोर्ट्स कम्प्लेक्सका अध्यक्ष गौरव थापाले प्रतियोगिता सफलताका साथ सम्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ५ : ३७ बजे

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका