आँखा झिम्काएकै भरमा जूम हुने रोबोटिक कन्ट्याक्ट लेन्स « Khabarhub

आँखा झिम्काएकै भरमा जूम हुने रोबोटिक कन्ट्याक्ट लेन्स


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वैज्ञानिकहरुले आँखामा लगाउन मिल्ने यस्तो विशेष लेन्सको विकास गरेका छन्, जसले आँखाको चालमा टाढा वा नजिकको वस्तु स्पष्ट देखाउने छ ।

झिम्काउँदा तथा दायाँ, बायाँ आँखा नच्चाएकै भरमा उक्त लेन्सले आँखामा दृष्य हेर्न सक्ने विशेष क्षमता प्रदान गर्ने छ । यो क्षमता क्यालिफोर्निया विश्वविद्यालका अनुसन्धानकर्ताहरुले विकास गरेको रोबोटिक सफ्ट कन्ट्याक्ट लेन्सले प्रदान गर्ने दावी गरिएको छ ।

यो लेन्स प्रयोगमा आएपछि दृष्टि कमजोर हुने व्यक्तिलाई उपयोगी हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । लेन्स चस्माको विकल्प हुने उनीहरुको दावी छ । हालसम्म अनुसन्धानकर्ताले लेन्सको प्रोटोटाइप मात्र तयार पारेका छन् ।

अनुसन्धानकर्ताका अनुसार उक्त लेन्स प्रयोगमा ल्याउनुपूर्व कयैन प्रयोग गर्न बाँकी छ ।

अनुसन्धानदाताका अनुसार टाढा वा नजिकको वस्तु हेर्नको लागि आखाँको चाल बदल्नुपर्छ । हेर्दा सामान्य लेन्सजस्तै देखिने यो लेन्समा जैविक तन्तुको स्थानमा इलेक्ट्रो–एक्टिव पोलिमर फिल्मको प्रयोग गरिएको छ ।

यसमा खास प्रकारको तारको प्रयोग गरिएको छ जसले सिग्नल उत्पन्न गर्छ । यसले लेन्सलाई फैलाउन र खुम्चाउन सहयोग गर्छ ।

यस लेन्स प्रयोग गर्नको लागि दुई पटक आँखा झिम्काउदा टाढाको र पुनः दुई पटक आँखा झिम्काउँदा, नजिकको चीज स्पष्ट देखिन्छ ।

मानिस र जनावरले जसरी नजिक वा टाढाको वस्तु देख्छ बायोमिट्रिक लेन्सलाई त्यसरी नै तयार गरिएको हो । यो लेन्सको प्रयोग भविष्यमा बन्ने रोबोटका आँखा बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

सन् २०१४ मा गूगलले पनि स्मार्ट कन्ट्याक्ट लेन्सको काम सुरु गरेको थियो । त्यस लेन्सले मुधुमेहका रोगीको आँशुबाट नै ग्लूकोजको स्तर जाँच लिने हिसाबले बनाइएको थियो । तर उक्त परियोजना सन् २०१८ मा रोकियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ६ : १५ बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन