मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन « Khabarhub

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ । बुधबार भोजपुर नगरपालिकाको हलमा भएको नगर अधिवेशनमा सभापतिको उम्मेदवारबारे कुरा नमिल्दा भाँडिन पुगेको हो।

भोजपुर नगरपालिकाका मेयर समेत रहेका कांग्रेस नेता कैलाश आलेले नगर सभापतिका लागि अशोक राईसहित तीनजनालाई अघि सारेका थिए । तर भोजपुर नगरपालिका ३ र ४ नम्बर वडा कार्यसमितिले बहिष्कार गरेपछि नगर अधिवेशन रोकिएको हो ।

कांग्रेसका एक सहभागी कार्यकर्ताका अनुसार आलेले अधिवेशनस्थलमा छुद्र शैलीमा थर्काउने काम गरेका थिए । उनले आफूनिकट वडा नम्बर ७ का जय तामाङसहितलाई सभापति बनाउन खोज्दा वडा नम्बर ३ र ४ कार्यसमितिले असहमति जनाए ।

वडा नम्बर ४ बाट प्रेम भण्डारी नगर सभापतिको दौडमा थिए। तर आलेले पेलेर आफूनिकटलाई बनाउन खोजेपछि वडा नम्बर ३ का सभापति डिल्ली थापा र ४ का सभापति कुमार राउतसहितले अधिवेशन नै बहिष्कार गरिदिएका हुन् ।

‘आलेले अधिवेशनस्थलमा कसैले बहिष्कार गरेर केही पनि हुँदैन भनेर छुद्र व्यवहार देखाए’, अधिवेशनमा सहभागी एक नेताले भने, ‘उनको उक्त व्यवहारको हामीले प्रतिवाद गरेर दुवै वडाका सबै प्रतिनिधिले बहिष्कार गरेका छौँ।’

अन्य १० वटा वडा कार्यसमिति अधिवेशन अघि बढाउन तयार भए पनि दुईवटा वडाको कदमपछि कार्यक्रम रोकिन पुगेको हो । अब बिहीबार सहमति हुन सकेमा मात्रै अधिवेशनले गति लिने बताइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ५९ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा