सन्तानका लागि ज्यानको बाजी थापेर रगत चुस्ने लामखुट्टे | Khabarhub Khabarhub

सन्तानका लागि ज्यानको बाजी थापेर रगत चुस्ने लामखुट्टे


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गर्मी बढेसँगै नेपालमा लामखुट्टेको बिगबिगी पनि बढ्दै गएको छ । मानिसहरु लामखुट्टेको टोकाइबाट बच्न अनेक उपाय अपनाउने गर्छन् ।

कसैले झुलको प्रयोग गर्छन् त कसैले लामखुट्टे भगाउने धूपको । तैपनि कहिलेकाहीँ लामखुट्टेले टोकिहाल्छ । यस्तो अवस्थामा हामीले हातले प्याट्ट हानेर लामखुट्टे मार्ने गरेका छौं ।

तर, फ्रान्सका एक पशुअधिकारकर्मीले भने लामखुट्टेलाई मार्न नहुने र लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनुपर्ने तर्क अघि सारेका छन् । फ्रान्सका पशु अधिकारकर्मी अमेरिक क्यारोनको तर्कअनुसार लामखुट्टेले भविष्यमा बच्चा जन्माउनका लागि प्रोटिन जम्मा पार्न मानिसको रगत चुस्न आउँछन् ।

उनीहरुलाई मार्नु भनेको कुनै जीवको आमाको हत्या गर्नु सरह हो । उनका अनुसार लामखुट्टेले आफ्ना भविष्यका बच्चालाई स्वस्थ बनाउन र पोषण उपलब्ध गराउनका लागि मानिसहरुको रगत चुस्ने भएकाले उनीहरुलाई रगत चुस्न दिनुपर्छ ।

उनले अफ्रिकामा औलो रोगको प्रकोप हुने भएकाले अफ्रिकाबाहेक विश्वका हरेक ठाउँका जीवनप्रेमी मानिसहरुले लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनुपर्ने तर्क अघि सारेका छन् । उनले लामखुट्टेलाई चुस्न दिएको रगतलाई रक्तदानका रुपमा बुझिनुपर्ने समेत बताए ।

आफ्ना सन्तान हुर्काउनका लागि कुनै आमालाई आफ्नो रगत आवश्यक छ भने मानिसहरुले लामखुट्टेलाई रक्तदान गर्नुपर्ने उनको तर्क छ । उनले पोथी लामखुट्टेले सन्तान हुर्काउन आफ्नो ज्यानको बाजी राख्नुपरेको विषयलाई पनि ध्यान दिइनुपर्ने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०८ बजे

आजका समाचार : गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेसदेखि नीति तथा कार्यक्रम पारितसम्म

सहकारीको मुद्दा बोकेर सडकमा उत्रियो कांग्रेस  उपप्रधान एवम् गृहमन्त्री रवि

बेरुजुको पहिलो नम्बरमा अर्थमन्त्रालय, अन्यको अवस्था कस्तो ?

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी

कसका कारण भाँडियो दलहरूबीच जुटिसकेको सहमति?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको

आईपिएल फाइनल : कोलकाताविरुद्ध पहिले ब्याटिङ गर्दै हैदरावाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा सनराइजर्स

जोस बटलर टी–२० मा तीन हजार रन बनाउने पहिलो इङ्ग्लिस खेलाडी

बेलायत –इङ्ग्ल्यान्डका कप्तान जोस बटलर आफ्नो देशबाट टी–२० मा तीन