सन्तानका लागि ज्यानको बाजी थापेर रगत चुस्ने लामखुट्टे « Khabarhub

सन्तानका लागि ज्यानको बाजी थापेर रगत चुस्ने लामखुट्टे


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गर्मी बढेसँगै नेपालमा लामखुट्टेको बिगबिगी पनि बढ्दै गएको छ । मानिसहरु लामखुट्टेको टोकाइबाट बच्न अनेक उपाय अपनाउने गर्छन् ।

कसैले झुलको प्रयोग गर्छन् त कसैले लामखुट्टे भगाउने धूपको । तैपनि कहिलेकाहीँ लामखुट्टेले टोकिहाल्छ । यस्तो अवस्थामा हामीले हातले प्याट्ट हानेर लामखुट्टे मार्ने गरेका छौं ।

तर, फ्रान्सका एक पशुअधिकारकर्मीले भने लामखुट्टेलाई मार्न नहुने र लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनुपर्ने तर्क अघि सारेका छन् । फ्रान्सका पशु अधिकारकर्मी अमेरिक क्यारोनको तर्कअनुसार लामखुट्टेले भविष्यमा बच्चा जन्माउनका लागि प्रोटिन जम्मा पार्न मानिसको रगत चुस्न आउँछन् ।

उनीहरुलाई मार्नु भनेको कुनै जीवको आमाको हत्या गर्नु सरह हो । उनका अनुसार लामखुट्टेले आफ्ना भविष्यका बच्चालाई स्वस्थ बनाउन र पोषण उपलब्ध गराउनका लागि मानिसहरुको रगत चुस्ने भएकाले उनीहरुलाई रगत चुस्न दिनुपर्छ ।

उनले अफ्रिकामा औलो रोगको प्रकोप हुने भएकाले अफ्रिकाबाहेक विश्वका हरेक ठाउँका जीवनप्रेमी मानिसहरुले लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनुपर्ने तर्क अघि सारेका छन् । उनले लामखुट्टेलाई चुस्न दिएको रगतलाई रक्तदानका रुपमा बुझिनुपर्ने समेत बताए ।

आफ्ना सन्तान हुर्काउनका लागि कुनै आमालाई आफ्नो रगत आवश्यक छ भने मानिसहरुले लामखुट्टेलाई रक्तदान गर्नुपर्ने उनको तर्क छ । उनले पोथी लामखुट्टेले सन्तान हुर्काउन आफ्नो ज्यानको बाजी राख्नुपरेको विषयलाई पनि ध्यान दिइनुपर्ने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०८ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा