नेपाली स्याटेलाइटको पहिलो सफलता, अन्तरिक्षबाट पठायो चार तस्वीर « Khabarhub

नेपाली स्याटेलाइटको पहिलो सफलता, अन्तरिक्षबाट पठायो चार तस्वीर


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट अन्तरिक्षमा पठाइएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार सार्वजनिक गरिएको हो ।

बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ । एउटा जापानमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ ।

जापानमाथिको आकाशमा देखिएको बादलको तस्विर

यी तस्वीरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको हो । नानो स्याटेलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर परीक्षणका लागि शुरुमा सूर्यको तस्विर खिचेको बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले जानकारी दिए ।

नेपालमा ग्राउन्ड स्टेसन बनेपछि नेपालको भूभागको तस्वीर खिच्ने उनले बताए । शनिबार सार्वजनिक गरिएका तस्विरहरु केही समयअघि लिइएको मास्केले जानकारी दिए । जापानका विभिन्न निकायको अनुमतिपछि यी तस्विरहरु सार्वजनिक गरिएको हो ।

उनले भने, ‘नेपालमा ग्राउन्ड स्टेसन बनेपछि यतैबाट अपलिंक गरेर फोटो खिच्ने र डाउन लिंक गर्ने योजना छ । त्यो पनि सार्वजनिक गर्ने छौं ।’
नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको हो । उक्त भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ ।

 

श्रीलंकाको दक्षिणी भेगमाथिबाट खिचिएको तस्विर

मास्के जापानको क्युटेकमा स्पेश टेक्नोलोजीको विषयमा विद्यावारिधी गर्दैछन् । यो प्रोजेक्टमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का तर्फबाट प्राविधिक हरिराम श्रेष्ठ सहभागी रहेका छन् ।

जापानले आफ्नो अन्तरिक्ष कार्यक्रम नभएका नेपालजस्ता देशका लक्षित गर्दै बड्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्युटेकबाट नेपालसँगै श्रीलंकाले रावण वान र जापानले युगुइसी नामको नानो स्याटलाइट अन्तरिक्ष पठाइएको छ ।

नेपाली स्याट वानले परीक्षणका लागि पहिलो पटक खिचेको सूर्यको तस्विर

नेपाली स्याट वान १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ । यो १ किलो ३३० ग्रामको छ ।

प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने यो नानो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्दै आएको छ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ ।

मास्केले जापानी समयअनुसार राति ९ बजे जापानी आकाशमा आइपुग्ने बताए । प्रत्येक पटक आकाशमा आइपुग्दा ग्राउन्ड स्टेसन र स्याटलाइटबीच दस मिनेट मात्रै सम्पर्क हुनेगर्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ८ : ०६ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले