जर्मनीमा विद्यार्थी भिसा आवेदन दिनुअघि थाहा पाउनुपर्ने १७ महत्वपूर्ण जानकारी « Khabarhub

जर्मनीमा विद्यार्थी भिसा आवेदन दिनुअघि थाहा पाउनुपर्ने १७ महत्वपूर्ण जानकारी


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उच्च शिक्षाका लागि जर्मनी नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको छ ।

उच्च शिक्षाको स्तर र पूर्वाधारमा अरु मुलुकभन्दा धेरै अघि रहेकाले नेपाली मात्र होइन अरु मुलुकका विद्यार्थीहरु पनि उच्च शिक्षा अध्ययनका लागि जर्मनी पुग्ने गरेका छन् ।

धेरै नेपालीहरु अध्ययनका लागि जर्मनी जानेबारे सोचविचार गरिरहेका हुनसक्छन् । उनीहरुलाई जर्मनीको विद्यार्थी भिसाको आवेदन दिँदा के के कुरामा ध्यान दिने भन्नेबारे स्पष्ट जानकारी नहुन सक्छ ।

हामीले यहाँ जर्मनीमा विद्यार्थी भिसाको आवेदन दिँदा वा जर्मन विद्यार्थी भिसा प्राप्त गरिसकेपछि के–के कुरामा ध्यान दिने भन्नेबारे १७ बुँदा तयार पारेका छौं ।

१) भिसाको प्रक्रिया अनलाईनको माध्यमबाट मात्रै हुन्छ । कुनै फोन, इमेल फ्याक्स वा व्यक्तिगत माध्यमबाट हुन्न ।

२) अनलाइन भिसा आवेदन फाराम कुनै पनि मुलुकमा रहेको जर्मन दूतावासको वेबसाइटमार्फत् सित्तैमा डाउनलोड गर्न सकिन्छ ।

३) आफ्नो पासपोर्टको म्याद कति छ भन्ने विषयमा एकदमै चनाखो हुनुपर्छ । आवेदकले जर्मनी रही अध्ययन गर्ने समयअवधी वा सम्भावित रुपमा लम्बिनसक्ने आफ्नो जर्मनी बसाइको अवधिसम्म पासपोर्टको म्याद सकिएको हुनुहुन्न ।

४) भिसाको आवेदन दिँदा विद्यार्थी भिसा नै तोकेर आवेदन दिनुपर्छ । त्यहाँ रही स्थायी बसोबास अनुमतिपत्र पाउँछु भन्ने लोभले पर्यटन भिसामा जर्मनी पुगेपनि पर्यटन भिसा नवीकरण नहुने भएकाले आवेदकको अध्ययनमा बाधा उत्पन्न हुनसक्ने बारे चनाखो हुनुपर्छ ।

५) आफू जर्मनीको विश्वविद्यालयमा भर्ना हुने, त्यहाँ बस्ने व्यवस्था मिलाउनका लागि समय छुट्याएर मात्र भिसाको आवेदन दिनुपर्छ । अन्यथा समयका कारण जर्मनीमा अल्मलिन सकिन्छ ।

६) भिसाको आवेदन दिँदा आवेदन फारामको कुनै स्थान खाली भएमा वा गलत विवरण भरी आवेदन दिएमा भिसा आवेदन अस्वीकृत हुने हुँदा हरेक विवरण एकदम सोचविचार गरी भर्नुपर्छ । भरिसकेपछि पनि एकदुई पटक पुनः चेक गर्नुपर्छ ।

७) भिसा आवेदन फाराममा आफ्नो फोटो टाँस्नुहुन्न ।

८) भिसा अन्तरवार्ताका बेला आफू स्वंय नै उपस्थित हुनुपर्छ ।

९) भिसाको आवेदन दिई अन्तरवार्ताका लागि बोलाइसकेपछि भिसा प्रदान गर्ने अधिकारीले आवेदकसँथ थप कागजपत्र माग्न सक्छन् । यसकारण अन्तरवार्ताका बेला आफूले भिसा आवेदन गर्दा दिएको कागजातबाहेक अन्य महत्वपूर्ण दस्तावेज पनि साथै ल्याउनुपर्छ ।

१०) भिसा अन्तरवार्ताका लागि आफूसँगै अरु कसैलाई राजदूतावास वा भिसा अन्तरवार्ता दिने स्थानमा ल्याउनु हुन्न ।

११) भिसाको प्रक्रिया चलिरहेका बेला अवेदकको पासपोर्ट दूतावासमै रहन्छ ।

१२) आवेदकले भिसाबारे जानकारी पाउन ४ महिनासम्म लाग्न सक्छ । अनी ४ महिनासम्म पनि भिसा स्वीकृत हुन्छ नै भन्ने ग्यारेन्टी भने हुन्न ।

१३) यदी आवेदक जर्मनी वा सेङ्जेन मुलुकका राष्ट्रिय वा सार्वजनिक सुरक्षामा कुनै खतरा भएको ठहर भएमा भिसा आवेदन अस्वीकृत हुनेछ ।

१४) यदी भिसा अस्वीकृत भइहालेको खण्डमा भिसा अस्वीकृत हुनुको कारण समेत जानकारी गराइन्छ ।

१५) भिसा प्रक्रियाबारे आफ्नो चित्त नबुझेको खण्डमा आवेदकले कानूनी उपचार समेत खोज्नसक्ने अधिकार छ ।

१६) भिसा अस्वीकृत भएको खण्डमा भिसा आवेदन गर्दा तिरेको पैसा फिर्ता हुन्न ।

१७) विमानस्थलमा ओर्लिने बेला आवेदकको सक्कली कागजात चेकजाँचका लागि आवश्यक पर्नसक्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ८ : १० बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको