जागिरको प्रलोभन देखाएर ६ जनाभन्दा बढी युवतीको शोषण, लाखौं लुटपाट « Khabarhub

जागिरको प्रलोभन देखाएर ६ जनाभन्दा बढी युवतीको शोषण, लाखौं लुटपाट


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जागिर लगाई दिने भन्दै आधा दर्जन बढी युवतीहरुको शारीरिक शोषण गरी लाखौं रुपैयाँ लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादवलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । एक वर्ष अघि मोरङ जिल्ला अदालतबाट एक युवतीको बला–त्कार तथा लुटपाट घटनामा दोषी ठहर भइ सजाय समेत तोकिएका फरार यादवलाई गोप्य सूचनाका आधारमा प्रहरीले केही दिन अघि मोरङको बुढी गंगा नगरपालिका ३ स्थित डेराबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी यादवलाई सार्वजनिक गरिएको हो । उनले कुकृत्य लुकाउन समाजिक सञ्जाल इमोमा आफूलाई संजिव खड्का भनि चिनाउने गरेका थिए । उनले आधा दर्जन बढी युवतीको शारीरिक शोषण तथा लाखौं रुपैयाँ लुटपाट र ठगी गरेको अनुसन्धानबाट खुलेको डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवतीलाई शारिरिक तथा मानसिक यातना दिनुका साथै र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएका नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीका गरगहना तथा नगद ३३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

अभियुक्त यादवले तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिन्छु भन्दै घरमै बोेलाई नियुक्ति पत्र समेत दिएर जबर्जस्ती करणी र लुटपाट गरेको विषयमा पीडितहरु प्रमाण सहित सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ५९ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन