काठमाडौँको टोखामा भेटियो सेतो काग, चराविद् नै आश्चर्यचकित ! « Khabarhub

काठमाडौँको टोखामा भेटियो सेतो काग, चराविद् नै आश्चर्यचकित !


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काग भन्ने वित्तिकै मानिसको दिमागमा कालो चरा अर्थात हामीले देखिरहेकै चराको कल्पना गरिन्छ ।

हाम्रो वरपर पाइने काग कालो र हिमाली क्षेत्रमा पाइने काग खरानी रङसम्मको हुने भए पनि कालो नै हुन्छ । तर, काठमाडौंको टोखामा भने सेतो काग भेटिएको छ ।

काठमाडौंको टोखामा सेतो काग भेटिएपछि खबरले चराविद पनि आश्चर्यचकित परेका छन् । चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेका हुन् ।
टोखावासीका अनुसार उक्त सेतो काग ४–५ वर्षदेखि काब्रोको रूखमा गुँड बनाएर बस्दै आएको छ ।

स्थानीयले त्यसलाई पहिचान गर्न सकेका थिएनन्। ‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन्,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आएका आनन्दकुमार श्रेष्ठले भने, ‘सेतो कागको पहिलो पटक तस्बिर खिच्न सफल भएका छौं।’ केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको थियो।

टोखामा भेटिएको सेतो कागको प्वाँख सेतो भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन् । यसको आनीबानी र आहारा भने कालो कागको जस्तै छ। चराविद्हरूका अनुसार उत्परिवर्तन भएर कागको रङ सेतो भएको हो। वंशाणुगत गुणमा अचानक आउने परिवर्तनले यस्तो भएका हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ५४ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष