साम्राज्ञीको अभिनयमा सुधार ! « Khabarhub

साम्राज्ञीको अभिनयमा सुधार !


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । यो फिल्मले उनलाई एकाएक चर्चित बनायो । एकाएक सबैको नजरमा परिन् उनी । त्यसपछि लगातार गरेका उनका अन्य फिल्मबाट साम्राज्ञीले आरोप पनि खेप्नुप–यो कि, सबै फिल्ममा एकनासको अभिनय भयो ।

हाल रिलिज भएको चलचित्र ‘मारुनी’ मा भने साम्राज्ञीले पहिलेका तुलनामा अभिनयमा सुधार गरेकी छिन् ।

उनको अभिनयको धेरैले तारिफ गरेका छन् ।

चलचित्रमा साम्राज्ञीले एक प्रेमीकाको भूमिका निभाएकी छिन् । आफ्नो बच्चादेखिको प्रेम पाउन गर्ने कसरत फिल्ममा देखाइएको छ । साम्राज्ञीले चलचित्रमा एक समलिंगी पात्रको भूमिका निभाएकी छिन् ।

नवल नेपालले निर्देशन गरेको यो फिल्ममा पुष्प खड्का, रेविका गुरुङ, प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेका छन् ।

फिल्ममा पुनप गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । निर्देशक नेपाललाई फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।

मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको यो फिल्मले हलमा मिश्रित प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : २९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले