यस्तो छ पानी पिउने सही समय र तरिका « Khabarhub

यस्तो छ पानी पिउने सही समय र तरिका


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पानी, जिन्दगानी ! जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ ।

तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ । चिकित्सकहरुको सल्लाहा अनुसार, प्रत्येक दिन कम्तिमा ठूलो गिलास (५०० एमएल)को ८ गिलास अर्थात् ४ लिटर शुद्ध पानी पिउनु पर्छ । तर, यो पानी पिउने पनि समय हुन्छ । यहाँ हामीले पानी कुनबेला कति पिउने भनेर केही सुझाव उल्लेख गरेका छौं ।

– चिकित्सकहरुका अनुसार, विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । विहानै पिएको पानीले शरीरका अंगहरुलाई क्रियाशिल हुन मद्दत गर्छ ।

– हामीले खाना खानु भन्दा कम्तिमा ३० मिनेट अगाडि १ गिलास पानी पिउनु पर्छ । यसो गर्दा हामीले खाएको पानीले पाचन प्रणालीलाई सहयोग पुर्‍याउँछ ।

– चिकित्सकहरुका अनुसार, खाना खाइसकेपछि करिब आधा घण्टापछि एक गिलास पानी पिउनु पर्छ, यसरी पानी पिउँदा शरीरको पाँचन शक्तिलाई सहयोग गर्छ ।

– नुहाउने समय भएको छ या नुहाउन जाँदै हुनुहुन्छ भने त्यो भन्दा पहिले पनि एक गिलास पानी पिउनु लाभदायक मानिन्छ । जसले रक्तचापको स्तर सन्तुलनामा राख्न मद्दत गर्छ ।

– राति सुत्नु भन्दा अघि एक गिलास पानी पिउनु पनि स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसले रातीको समयमा शरीरमा हुने पानीको नोक्सानको पूर्ति गर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : ४६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका