धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा तीन जना पक्राउ | Khabarhub Khabarhub

धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा तीन जना पक्राउ


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा प्रहरीले तीन जालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईला शरणपुर बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका–२ का २० वर्षीय शाकार भनिने सागर तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका–५ डाँडाखर्क घर भएका २३ वर्षीय सरोज भन्ने सुवाश श्रेष्‍ठ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले टोलीले घटना भएको भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका–४ स्थित कम्फर्ट कोलनीबाट नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईलास्थित शरणपुरचोकमा झै–झगडा भएको भन्‍ने जानकारी प्राप्त हुनसाथ स्वयम्भू वृत्तबाट खटिएको प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थियो ।

घाइते बस्नेतलाई उपचारका लागि मनमोहन अस्पताल स्वयम्भूमा पठाइएकोमा उनको उपचारको क्रममा ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : १० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव